News राजनीति

नवलपरासीमा ३१ जना नेता कार्यकर्ताले माधव नेपालको पार्टी छोडे

नवलपरासीमा ३१ जना नेता कार्यकर्ताले माधव नेपालको पार्टी छोडे

माधवकुमार नेपालले नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पूर्वी नवलपरासीका जिल्ला अध्यक्षसहित ३१ जनाले पार्टी छोडेको घोषणा गरेका छन् ।

जिल्ला अध्यक्ष झविलाल रानासहित जिल्ला र प्रदेश तहका नेताले प्रेस विज्ञप्ति जारी गर्दै कम्युनिस्ट विचारधाराबाट विचलन नहुने तर नेकपा एसमा नरहने भन्दै पार्टी छोडेको घोषणा गरेका हुन।

पार्टी केन्द्रीय कमिटी र प्रदेश कमिटीलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै राजीनामा दिइएको उनीहरुले जनाएका छन्।

पार्टी परित्याग गर्नेमा जिल्ला अध्यक्ष झविलाल राना, उपाध्यक्ष तथा युवा संघका जिल्ला इन्चार्ज प्रेमनारायण पाण्डे, जिल्ला कमिटी उपसचिव हुमकान्त पराजुली, गोविन्द सुनार, प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कंडेल, रामप्रसाद पाण्डे, समाजवादी प्रेस संगठनका केन्द्री सदस्य खगेन्द्र पराजुली, युवा संघका जिल्ला अध्यक्ष सुन्दरजंग कुवरलगायतका छन् ।

जिल्लामा प्रदेश अधिवेशनको समयमा पार्टीको जिल्ला इन्चार्ज र जिम्मेवारीको विषमा असन्तुष्टि राख्दै आएका थिए । 

विशेष