News राजनीति

प्रधानमन्त्रीले विमानस्थलमै चीन र अमेरिका भ्रमणको उपलब्धी बारे बेलिविस्तार लगाए

प्रधानमन्त्रीले विमानस्थलमै चीन र अमेरिका भ्रमणको उपलब्धी बारे बेलिविस्तार लगाए

अमेरिका र चीन भ्रमण सकेर फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल उच्चस्तरीय भेटवार्ता र द्विपक्षीय सम्झौताबारे पत्रकारहरुलाई जानकारी दिएका छन्।

शनिबार काठमाडौं ओर्लिएलगत्तै त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले चीन भ्रमण र त्यसका उपलब्धिहरू र संयुक्त राष्ट्रसंघको महासभामा नेपालको उपस्थितिबारे जानकारी गराए।

चीनका राष्ट्रपति सी चिनफिङसँग हाङझाउमा भएको भेटवार्तामा चीनले गरिबी निवारण र आर्थिक समृद्धिको क्षेत्रमा हासिल गरेको अद्वितीय सफलतालाई असल अभ्यासका रूपमा लिई चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक–सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने धारणा राखेको उनले बताए।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशका उड्डयन निकायहरूबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीले जानकारी दिए। 

यसैगरी, प्रधानमन्त्री ली छ्याङ्सँगको द्विपक्षीय वार्तामा नेपालको उत्तरी सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रसारण प्रणालीबाट विद्युतको पहुँच पु¥याउन नसकिने स्थानहरूमा सौर्य प्रणाली जडान, विभिन्न स्थानमा सडक निर्माण तथा सडक स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरूद्ध भएका साथै परम्परागत सीमा नाकाहरूको पुनः सञ्चालन, सीमा नाकामा नेपालका तर्फबाट पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित भएको वताए।

दाहालले चिनियाँ पक्षले अरनिको राजमार्गको मर्मत परियोजनाको चौथो चरण सुरू गर्ने, स्याफ्रुबेसी–रसुवागढी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार हुनुका साथै हिल्सा–सिमिकोट सडकको सम्भाव्यता अध्ययन अघि बढाउन दुवै पक्ष सहमत भएको बताए।
 

विशेष