News

‘सकेको गर्नुस’ भन्दै प्रहरीलाई चुनौती दिएपछि पक्राउ परेका थिए अनमोल केसी, छाती दुख्यो भन्दै अस्पतालमा भर्ना

‘सकेको गर्नुस’ भन्दै प्रहरीलाई चुनौती दिएपछि पक्राउ परेका थिए अनमोल केसी, छाती दुख्यो भन्दै अस्पतालमा भर्ना

आर्थिक लेनदेन विवादमा छलफल गर्न वोलाउँदा ‘सकेको गर्नुस’ भन्दै प्रहरीलाई चुनौती दिएका नायक अनमोल केसी पक्राउ परेपछि भने विरामी भएको वहानामा अस्पतालमा भर्ना भएका छन् ।

शुक्रवार पक्राउ परेका केसीले छातीमा पीडा भएको बताएपछि बेलुकै नर्भिक अस्पतालमा भर्ना गरिएको छ। फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो ।

त्यहाँ उनलाई भेट्न उनी निकट ‘जेरी अनटप’का निर्माता सरोज न्यौपाने पुगेका थिए। उनले छातीमा केही समस्या भएपछि अनमोललाई नर्भिकमा भर्ना गरिएको जानकारी दिए ।

अपराध महाशाखा पुगेका निर्माता न्यौपानेले आफूसँगको भेटमा अनमोलले ‘बरु म जेलमै बस्छु तर, नराम्रो मूभी गर्दिन’ भनेर बताएको सामाजिक संजालबाट जनाएका छन् ।

निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि फिल्म खेल्न नमानेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ । 
 

विशेष