बालेन्द्र विवादमा परेपछि ‘निधन भएकी छोरी’ को नाममा इमोस्नल बादविवाद
सिंहदरबार जलाई दिने धम्की दिएर विवादमा परेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह पुत्रीशोक परेको खुलेको छ। साहलाई एक साताअघि दुई पुत्रीलाभ भएको थियो। जन्मेका दुई छोरीमध्ये एकको निधन भएको छ ।
आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले दुई छोरीलाई जन्म दिएकी थिइन् । जसमध्ये एकको निधन भएको हो भने, अर्की छोरीलाई अस्पतालमा राखिएको छ । ललितपुरको मेडिसिटी अस्पतालको एनआईसीयूमा राखेर छोरीको उपचार भइरहेको जनाईएको छ।
अस्पतालले ‘एक बच्चाको निधन भएको, एक छोरीको उपचार भईरहेको र सबिनाको दुई दिनअघि डिस्चार्ज भएको’ जनाएको छ। यही वेला बालेन्द्रको सिंह दरबार प्रकरण वाहिर आएको हो।
कतिपयले सामाजिक सञ्जालमा सुत्केरी ब्यथा लोपछि सविना अस्पताल जाँदै गरेको भनेर हावाका तालमा बालेन्द्रको बचाउन गर्ने प्रयास गरेका छन्। तर, कतिपयले भने त्यसमा पनि आपत्ति जनाएका छन्। ‘विरामी अवस्थामा भएको भए सुविधा सम्पन्न अक्सिजन सहितको एम्वुलेन्स छोडेर किन अफिसको गाडी प्रयोग गरियो ?’ कतिपयले उनीहरुलाई जवाफ दिएका छन्।