News

यती र वाईडबडी प्रकरण तत्काल छानविन गरेर जेल जान सरकारलाई ओलीको चुनौती

यती र वाईडबडी प्रकरण तत्काल छानविन गरेर जेल जान सरकारलाई ओलीको चुनौती

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यती होल्डिङ्स र वाईडवडी प्रकरण अनुशन्धान गरेर कारवाही गर्न सरकारलाई चुनौती दिएका छन्। 

एमालेको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्न बुटवल पुगेका अध्यक्ष ओलीले यतीले कहाँ कहिले नेपाल ट्रष्टको जग्गा लिजमा लिएको हो भन्ने कुरा चाँडो छानबिन गर्न चुनौती दिएका हुन्।

ओलीले गोकर्ण फरेस्ट रिसोर्ट सुशील कोइराला प्रधानमन्त्री भएका बेला विदेशीबाट लिज ट्रान्सफर भएको र दरवारमार्गको जग्गा पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला यतीले लिजमा पाएको बताउँदै छाउनीको जग्गा शेरबहादुर देउवाको पालामा लिज सम्झौता भएको दावी समेत गरे।

यती होल्डिङ्स सोलुखुम्बुका ल्हाक्पा सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पा दाजुभाइले स्थापना गरेका थिए । ट्रेकिङ मजदुरबाट पर्यटन क्षेत्रमा लागेका शेर्पाले दुःख गरेर स्थापना गरेको व्यवसायमाथी भ्रष्टहरूको गलत नजर परेको भन्दै ओलीले सुन तस्करका संरक्षकले राष्ट्रिय व्यवसायीहरूलाई आतंकित बनाइरहेको बताए ।

राष्ट्रिय पूँजीपति र व्यवसायीमाथि सरकारले धावा बोल्न थालेको भन्दै वाइडबडी जहाज खरिद प्रकरणको पनि तत्कालै छानबिन गर्न सरकारलाई चुनौती दिए। जहाज खरिद सम्झौता गरेर सिंगापुरमा कमिसन बुझ्नेहरूले नै एमालेमाथि प्रश्न उठाएको भन्दै छानबिन गरेर जेल जान सत्तापक्षलाई चुनौती दिए।

विशेष