सविना काफ्ले ज्यु, बालेन्द्र खै त ‘हाम्रो’ भएका ?
गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै बालेन्द्र साहलाई बधाईको ओइरो लाग्यो। हुँदा–हुँदा कानमा खुसुक्क बधाई दिन सक्ने उनकै श्रीमती सविना काफ्लेले पनि फेसबुक मार्फत नै बधाई दिईन।
लामो स्ट्याटससहितको उनको बधाईमा मुख्य दुईटा कुरा थिए। पहिलो–आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ। र दोस्रो– घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।
तर, सविनाको यो स्ट्याटस शनिवार रातीदेखि खण्डित भएको छ। पहिलो कुरा त ‘मेरोबाट हाम्रो’ भएका बालेन्द्रले सविनाकै लागि सिंहदरबार जस्तो जनताको धरोहर जलाउने धम्की दिए। सारा नेपालीले भोगेको दुःख सविनाले एकछिन भोग्न नसक्दा बालेन्द्रको रिसको पारो टुप्पीबाट नाघ्यो। ट्राफिक प्रहरीले आफनो कर्तब्य पालना गर्दा हौसला दिनुको सट्टा झोसपोल गरेर नै होला, बालेन्द्रले अराजक अभिब्यक्ति दिए। सीडीओलाई फोन गरेर हप्काए।
हुन त, अहिले सामाजिक सञ्जालमा ‘अरु नेता, मन्त्री र कर्मचारीले गरिरहेको काम बालेन्द्रले गर्दा के भो त ?’ भन्दै प्रश्न उठाईएको छ। तर, उनीहरुले सामाजिक सञ्जालबाटै उत्तर पनि पाएका छन्। ‘अरुकै सिको गर्ने भए बालेन्द्रले ‘हामी नयाँ हौं’ भन्दै गरेका प्रतिवद्धताको जवाफ कस्ले दिने?’ भन्दै सामाजिक सञ्जालमै प्रतिप्रश्न गरिएको छ।
अर्कोतर्फ सामाजिक सञ्चालमा उठाईएको महत्वपूर्ण विषय हो– मानविय सम्वेदना। सात दिने सुत्केरी चढेको गाडी प्रहरीले रोकेर दुःख दिएको कुराहरु अगाडि आउँदैछन्। तर, के यो समवेदना आफुलाई पर्दा मात्रै जागृत हुने हो र? अरुका लागि लागु हुदैन ? ‘त्यत्रा गरिव ब्यापारीलाई रुवाएर उठिवास लगाउँदा कहाँ थियो मानविय समवेना ?’ एक जना फेसवुक प्रयोगकर्ताले लेखेका छन्–‘सविना त सरकारी गाडिमा सहज रुपमै घर जाँदै थिईन, काठमाण्डौंमा १/२ दिनका सुत्केरी दैनिक सार्वजनिक वसमा धक्का खाँदै हिडेका छन्। उनीहरुका लागि खै त बालेन्द्रको मानविय समवेदना ? सविनाकै लागि मात्रै हो सिंहदरबारले जल्नु पर्ने ?’
उनले ‘खै त बालेन्द्र ‘हाम्रो’ भएका ?’ भन्दै प्रश्न गरेका छन्।
दोस्रो कुरा– सविनाले बालेन्द्रलाई कहिलै हार्न नदिने भन्दै गरेको बाचा। जानकारहरुका अनुसार सविनाकै कारण आज बालेन्द्र धेरै नागरिकको नजरबाट झर्ने क्रममा छन्। आलोचनाको तारो भएका छन्।
घरबाट जितेर निस्कने मान्छे वाहिर कहिल्यै हार्दैन भन्ने सविनाले बालेन्द्रको आलोचनाको ढोका घरबाटै खोलिदिएको उनीहरुको वुझाई छ। ‘अधिकांशले बालेन्द्रलाई मनमै राखेका थिए। अहिले पनि धेरैले ‘यस्तो चाहि नगरेको भए हुन्थ्यो’ भन्ने अपेक्षा र सुधारकै लागि कामना गरेका छन्।’ उनीहरु भन्छन्–‘बालेन्द्र जनताको नजरबाट गिर्नु र त्यसको कारण आफनै घर हुन चै दुःखद पक्ष हो।’
बालेन्द्रको धम्कीसहितको फेसवुक स्ट्याटस वाहिरिएपछि अहिले सामाजिक सञ्जालमा त्यसलाई सत्य सावित गर्ने प्रयासहरु पनि भईरहेका छन्। वालेन्द्र निकट मानिएको ‘रुटिन अफ नेपाल वन्द’ जस्ता फेसवुक पेजहरुले कहिले सुत्केरी हुन जाँदै गर्दा गाडी रोकेको भनिरहेका छन् भने, कहिले आफै विरामी भएर चेकजाँच गरेर फर्किदै गर्दा दुःख दिएको भनिरहेका छन्।
अझै एक कदम अगाडि वढेर बालेन्द्रको सचिवालयले भने ट्राफिक प्रहरीले अपशब्द प्रयोग गरेको, गाडी साईडमा लगाएर अनावश्यक केरकार गरेको र उस्तै पर्यो भने लगेर थुनिदिन्छु भन्दै धम्क्याएको भनेर विज्ञप्ति जारी गरेको छ। उक्त विज्ञप्ति आफनो गलत अभिब्यक्तिलाई ढाकछोप गर्ने प्रचन्च मात्रै भएको धरैको आरोप छ।
यतिमात्रै होईन, पछिल्लो समय इमोस्नल कुराहरु गरेर भ्रम सृजना गर्ने प्रयास पनि भईरहेको छ। ‘दुःखमा छन् बालेन्द्र र सविना’ भन्दै निधन भईसकेकी छोरीलाई अनावश्यक रुपमा यो प्रकरणमा मुछ्न थालिएको छ। यो सवै प्रकरण हेर्दा बालेन्द्रको अराजक अभिब्यक्तिलाई ढाकछोप गर्ने र सेन्टिमेन्ट वटुल्ने प्रयास सुरु भएको जानकारहरु वताउँछन्।
बालेन्द्र