को हुन वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर आत्महत्या गर्ने ब्यक्ति?
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर अन्दाजी ४० वर्षका एक ब्यक्तिले आत्महत्या गरेका छन् ।
अस्पतालका अनुसार सोमवार बिहान करिब २÷३ बजेतिर सर्जिकल भवनको छटौ तलाबाट ती ब्यक्तिले हाम फालेका हुन। उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका थिए ।
अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । ‘उनी बाहिरका मान्छे हुन् । यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैन, लाश बेवारिसे अवस्थामा छ,’ असपतालले भनेको छ।