धान जोगाउन खोज्दा मान्छेको ज्यान गयो
कैलालीको धनगढीमा जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ बस्ने ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको हो।
धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेको जनाईएको छ।
धरापमा परेर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो। सोही क्रममा स्वास्थ्यकर्मीलाई उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । स्थानीय जंगलिया चौधरीले खेतमा राखेको धरापमा करेन्ट लागेर मञ्जुको मृत्यु भएको प्रहरीको भनाइ छ ।
जंगलियालाई प्रहरीले पक्राउ गरेको छ ।