साहित्य महोत्सवमा ‘गृहस्थी’ बारे अप्रत्यासित प्रश्नको सामना गर्नुपर्दा विचलित भईन मनिषा
किन २ वर्षपनि टिकेन मनिषाको वैवाहिक सम्वन्ध, यस्तो थियो कारण
बलिउड अभिनेत्री मनीषा कोइरालाले ललितपुरमा आयोजित साहित्य महोत्सवमा अप्रत्यासित प्रश्नको सामाना गर्नु परेको छ। बिताइन्।
भारतको बनारसमा बाल्यकाल बिताएकी मनीषाले तीन दिने साहित्य महोत्वसमा आफ्नो जीवनका धेरै कुरा सुनाईन। उनको संघर्ष र जीवन भोगाईका कुरा सनेर धेरै पटक दर्शकहरु भावुक भए। उनी आफै पनि निकै भावुक भईन।
सूर्य नेपाल कलिङ साहित्य महोत्सवको अन्तिम दिन मनीषाले आफना कुरा राखिरहेकी थिईन। त्यसै क्रममा एक जना दर्शकले सोधेको प्रश्नले भने उनलाई औधी विचलित बनायो। ‘बच्चा एडप्ट गरेरै भए पनि आमा बनुँ भन्ने लाग्दैन?’ भन्ने प्रश्नले उनी झसंग भईन।
तर, सम्हालिदै उनले प्रश्नको जवाफ दिईन। भावुक हुँदै उनले दिएको जवाफले प्रश्नकर्ताकै आँखा रसाए। ‘मन त लाग्छ। तर अब त उमेरले पनि मलाई निक्कै पर धकेलिसक्यो। अर्को क्यान्सर लागेर बल्ल रिकभर भएँ। मेरै जीवनको के भर छ र?’ उनले भनिन्–‘बच्चा असाध्यै मन पराउँछु। सोचिरहेकी छु, यो काम गरुँ की नगरुँ।’
‘पछिल्लो समयमा मेरो मनले सन्तानको निकै इच्छा गरिरहेको छ। म क्यान्सर भइसकेको मान्छे। मेरो उमेर पनि गइसक्यो। म ५४ वर्षकी भएँ। उमेर र रोगका कारण सन्तान बनाउन मलाई मेरो मनले रोकिरहेको छ।’– उनले भनिन्।
बलिउडमा कुनै समय धमाका मच्चाएकी अभिनेत्री कोइरालाले सन् २०१० मा व्यापारी सम्राट दाहालसँग विवाह गरेकी थिइन् । विवाहको दुई वर्ष पछि सन् २०१२ मा सम्बन्धविच्छेद भएको थियो । पछि उनले निकै हतारमा गरेको विवाहको निर्णयमा अफसोस जनाएकी थिईन।