News

बालेन्द्रको घोषणाः जग्गा दिए क्रिकेट रंगशाला महानगरले बनाउँछ

जव भारतीय खेलाडी रक्षात्मक बने, नेपालले खेल जितिसकेको थियो

बालेन्द्रको घोषणाः जग्गा दिए क्रिकेट रंगशाला महानगरले बनाउँछ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकार जग्गा दिन तयार भए क्रिकेट रंगशाला बनाउन महानगर तयार रहेको घोषणा गरेका छन्। उनले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको बताए।

नेपाल र भारतबिच श्रीलंकामा भएको म्याच प्रत्यक्ष हेरेपछि मंगलबार सामाजिक सञ्जालमार्फत साहले यस्तो घोषणा गरेका हुन् । उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने पनि बताएका छन् ।

‘फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमनको कर्मचारीको प्रश्न थियो– यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?’ बालेनले फेसबुकमा लेखेका छन्, ‘श्रीलंकाको अध्यागमन चकित पर्नेगरीको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए, त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०–५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बिचमा थियो ।’

नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेको उल्लेख गर्दै उनले अनुमानित हिसाबका आधारमा त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड हुन सक्ने जनाएका छन् ।

‘जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडीहरुको हाउभाउ पूरै रक्षात्मक बनिसकेको थियो । ठिक त्यहि बेला हामीले क्रिकेट जित्यौँ’ उनले लेखेका छन्–‘अन्तिम नतिजा जे आए पनि हामीले यस पटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ ।’

उनले श्रीलंकामा नेपाल र भारतबिच खेल भइरहेको रंगशाला हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै रहेको पनि उल्लेख गरेका छन् । 

विशेष