News

कांग्रेस सहमहामन्त्रीलाई खुकुरी हान्ने साप्कोटाले राजाको पक्षमा नारा लगाए

कांग्रेस सहमहामन्त्रीलाई खुकुरी हान्ने साप्कोटाले राजाको पक्षमा नारा लगाए

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्तिले प्रहरी नियन्त्रणमा परेपछि राजतन्त्रको पक्षमा नारावाजी गरेका छन्।

आफूलाई अभियन्ताको रुपमा चिनाउने उनले राजतन्त्रको पक्षमा नारा लगाएर राजावादी भएको परिचय दिएका छन्। 

रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सकेर फर्किने क्रममा कांग्रेस सहमहामन्त्री यादवमाथि नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भएका श्याम बहादुर सापकोटाले सांघातिक आक्रमण गरेका थिए । 

खुकुरी प्रहारबाट यादवको टाउकोमा चोट लागेको छ भने आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाका एक प्रत्यक्षदर्शीले सापकोटाले आक्रमणपछि राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । यस्तै उनले भ्रष्टाचार र कुशासनको विपक्षमा पनि नाराबाजी गरेका थिए । 

प्रहरीले घटनाबारे जानकारी दिँदै संक्षिप्त नोटमा पनि उनले आफूलाई राजावादी बताएको उल्लेख छ । रिपोटर्स क्लबका प्रतिनिधि ईश्वर कार्कीले यादवले रिपोटर्स क्लबमा यादवसहितका नेताहरुसँग सुन तस्करी प्रकरण, मुलुकमा बढ्दो भ्रष्टाचारलगायतका विषयमा साक्षात्कार गरेको थियो ।

साक्षात्कारमा करिब २५ मिनेट सम्बोधन गरेका यादव त्यसपछि राप्रपाका महामन्त्री डा धवलशमशेर राणासँगै बाहिरिएका थिए । क्लबबाट बाहिरिएर गाडी चढ्नै लाग्दा आक्रमण भएको जनाईएको छ।

आक्रमणकारी सापकोटाले कार्यक्रम अवधिभर क्लबभित्रै बसेर भाषण सुनेका थिए । क्लबबाट यादव बाहिरिएसँगै उनले पिछा गर्दै एकाएक आक्रमण गरेको बताइएको छ।  ट्रमा सेन्टरमा उपचाररत यादवलाई उनले झोलाबाट खुकुरी निकालेर प्रहार गरेको प्रत्यक्षदर्शीले वताए।

यादवको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको छ । सापकोटालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । नियन्त्रणकै क्रममा उनले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ। ले ले जनता खुकरी ले’ भन्दै नारायण लगाएका थिए।

विशेष