News अपराध सुरक्षा

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा भ्रष्टाचार र एमसीसी विरोधी अभियान्ता

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा भ्रष्टाचार र एमसीसी विरोधी अभियान्ता

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि नुवाकोटको विदुर नगरपालिका टुप्चे घर भई बालाजुको पैँयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका छन्।

भृकुटी मण्डपमा रहेको रिपोटर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका सापकोटाले रिपोटर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए ।

कार्यक्रममा सकिएपछि यादवलाई पछ्याउँदै गएर सापकोटाले खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् । पक्राउ परेका सापकोटले आफूलाई अभियान्ता भन्ने गरेका छन् ।

रिपोटर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकारले चालेको कदमको विरोधमा धारणा राखेका थिए । प्रहरीको नियन्त्रणमा रहँदा पनि उनले एमसीसीको विरोध गरिरहेका थिए भने हतियार सानो भयो भन्दै वताईरहेका थिए।

खुकुरी प्रहारबाट घाइते भए लगत्तै यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । 
 

विशेष