क्रिकेटका दुई महारथीसँग एसिया कप खेलेर फर्कियो नेपाली क्रिकेट टिम

श्रीलंका र पाकिस्तानमा एसिया कप खेलेर नेपाली क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ। क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
सशस्त्र प्रहरीको ब्याण्डले उनीहरूलाई बाजागाजासहित स्वागत गरेको छ भने सर्वसाधारणले टोलीको जयजयकार गरेका छन्। क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो।
नेपाली टोलीले एसिया कप अन्तर्गत क्रिकेटका दुई महारथी राष्ट्र पाकिस्तान र भारतसँग खेलेको थियो। पाकिस्तानमा भएको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले नेपाली टोली पराजित भएको थियो भने भारतसँगको खेलमा १० विकेटले पराजित हुन पुगेको थियो।
क्रिकेटका विश्वविजेता दुई मुलुकसँग अविचलित खेलेका कारण नेपाली खेलाडीको सर्वत्र प्रशंसा भइरहेको छ।