News

१९ वर्षको कैद सजाय पाएपछि अदालतबाटै भागेर पक्राउ परेका कैदी कारागारको पर्खाल नाघेर फेरी फरार

१९ वर्षको कैद सजाय पाएपछि अदालतबाटै भागेर पक्राउ परेका कैदी कारागारको पर्खाल नाघेर फेरी फरार

कैद सजायको फैसला भएपछि अदालत परिसरबाटै भागेर पक्राउ परेका एक कैदी बर्दिया कारागारबाट फेरी फरार भएका छन्।

बर्दियाको ठाकुरबाबा नगरपालिका–८ का टोपे भनिने अजीव बुढाक्षेत्री गत आइतबार बिहान कारागारको पर्खाल नाघेर दोस्रो पटक भागेका हुन।

हत्या अभियोगमा २०७२ फागुन ५ गते बर्दिया जिल्ला अदालतले उनलाई १९ वर्ष ११ महिना ६ दिन कैद सजायको फैसला गरेको थियो । उनी ०७२ फागुन ३० गते अदालत परिसरबाटै भागेका थिए ।

भागेको समेत कसुर जोडी ३० वर्ष कैद सजाय फैसला भएका बुढाक्षेत्रीलाई प्रहरीले गत वर्ष कात्तिक २१ गते पक्राउ गरेको थियो । त्यसपछि कैद भुक्तानका लागि कारागार कार्यालय बर्दियामा दाखिला गरिएको थियो ।

तर, उनी यही गएको आइतबार बिहान सवा ३ बजेतिर कारागारको पर्खाल नाघेर भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रहरीले उनको खोजी गरिरहेको छ। 
 

विशेष