News

बडीमालिका मन्दिरका पुजारीमाथि दलितको अपमान गरेको आरोप, प्रहरीमा उजुरी

बडीमालिका मन्दिरका पुजारीमाथि दलितको अपमान गरेको आरोप, प्रहरीमा उजुरी

दलित समुदायका युवायुवतीमाथि विभेद गरेको आरोपमा बाजुराको मार्तडीस्थित बडीमालिका मन्दिरका पुजारी दलबहादुर रावल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ।

श्रीकृष्ण जन्मअष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवायुवतीमाथि विभेद गरेको आरोपमा उनी विरुद्ध उजुरी परेको डीएसपी कविन्द्र बोहराले वताए । पीडितहरुका अनुसार पुजारीले हातमा लिएको थाली बाहिर फालिदिएका थिए भने टिका लगाउन अस्वीकार गरेका थिए। 

पुजारीले बडीमालिका नगरपालिका ८ का संगीता विक, झरना विक, सोनु विक, शान्ति विक, बर्षा विक, सावित्रा विक, विपना विक सहीतको टोली माथि विभेद गरेका हुन्। सँगै रहेका अरुलाई केही नभनी टिका लगाएको र आफूहरुलाई चामलका दानाले हिर्काउँदै ‘तिमीहरु किन आएको, यो तिमीहरुको हक लाग्ने ठाउँ होइन, गइहाल’ भन्दै सार्वजनिक रुपमा अपमान गरेको पीडित संगीता विकले बताईन।

लाइनमा गैर दलित र दलित दुबै समुदायका व्यक्तिहरु थिए। ‘नचिनेका सबैलाई केही नभनी टिका लगाइ दिए, हाम्रो टोली मन्दिरको गेटमा पुग्ने बेला हातको पुजा थाली समेत बाहिर फालिदिए।’– उनले भनिन्।  

११ वर्ष पहिला पनि संगीता विक सहित ४ जना माथि आक्रमण गरिएको थियो। दशैंको मेलामा मन्दिर भित्र प्रवेश गरेको भन्दै पुजारी पटीकै स्थानीयले कुटपीट गरेपछि धनगढी गएर उपचार गराउनु परेको उनले वताईन। 

त्यो बेला पनि संगीताको दीदी बहिनी माथि नै आक्रमण भएको थियो। मन्दिर व्यवस्थापन समितिले कुनै प्रकारको विभेद नगर्ने र सबैलाई सहज पुजा पाठको अवसर दिने निर्णय गरेको अध्यक्ष करे रावलले बताएका छन्।  

८ नम्बर वडाका अध्यक्ष चन्द्र थापाले घटनाबारे जानकारी नभएको बताएका छन् । नगर प्रमुख अमर खड्काले मन्दिरमा विभेद गरिएको घटना साँचो भए कानुनी प्रक्रिया अघि बढाउनु पर्ने बताए। 

यता डीएसपी बोहराले निवेदनका आधारका पुजारीलाई बोलाइ सकिएको र घटना वास्तविक भए कानुनी प्रक्रिया अघि बढाउने बताएका छन् । 

विशेष