News

टुकी फाउण्डेशनको सामाजिक लेखापरिक्षण सम्पन्न

टुकी फाउण्डेशनको सामाजिक लेखापरिक्षण सम्पन्न

टुकी फाउण्डेशनले विहिवार राजविराजमा विहीवार एक कार्यक्रमको आयोजना गरी सामाजिक लेखापरिक्षण सम्पन्न गरेको छ।
 
कार्यक्रममा फाउण्डेशनकोतर्फबाट राजविराज नगरपालिका क्षेत्र भित्रका दुई जना एकल महिलालाई शौचालयसहित ४ कोठे पक्की घर वनाई दिएको जनाईएको थियो। उनीहरुलाई जिविको पार्जनमा सहज होस भन्ने उदेश्यले ३÷३ वटा बाख्रा पनि उपलब्ध गराईएको जनाईएको छ।

फाउण्डेशनकी सावित्री रजाईलीका अनुसार राजविराज नगरपालिका १४ की एकल महिला लडुवती मण्डललाई १२ लाख ७८ हजार ३ सय ७९ रुपैयाँ लागतको घर र तीन वटा वाख्रा तथा राजविराज –९ की सफिना खातुनलाई १२ लाख ७८ हजार ३ सय ७९ रुपैयाँ लागतको घर र ३ वटा वाख्रा हस्तान्तरण गरिएको छ।

कार्यक्रममा फाउण्डेशनकी कोअर्डिनेटर तथा महिला सचेतना समाजकी अध्यक्ष सुनिता साहले समाजमा अपहेलित, दिनदुखी र असहाय एकल महिलाको आवास निर्माणका साथै बाख्रा समेत वितरण गरिएकाले जिवन निर्वाहमा पक्कै पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरिन।

अगामी दिनमा अरु एकल महिलालाई समेत समेट्न उनले आग्रह गरिन। कार्यक्रममा राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविण, ईजिनियरद्वय केवल दास र अशोककुमार दास, पशपंक्षी शाखाका परमेश्वर यादव, टुकी फाउण्डेशनका शुष्मा श्रेष्ठ, विणा राई, घरधनीका तर्फवाट वविता मण्डल र सफिना खातुनले पनि आफनो विचार ब्यक्त गरेका थिए ।

विशेष