News

सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा आज अन्तिम पेशी

सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा आज अन्तिम पेशी

सन्दीप लामिछाने विरूद्ध काठमाण्डौं जिल्ला अदालतमा दर्ता भएको नाबालिग बलात्कार मुद्दाको पेसी आज तोकिएको छ। यसअघि भदौ १० गते न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासले पेशी सूचीको ५ औं नम्बरमा परेको उक्त मुद्दा हेर्न नभ्याउने भनेर पन्छाएको थियो।

सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको सुनुवाइ गर्न भनेपनि जिल्ला अदालत काठमाडौंमा पटकपटक मुद्दाको पेशी सर्दै आएको छ। आजको पेशी अन्तिम सुनुवाईका लागि तोकिएको हो।

अन्तिम सुनुवाइमा पेसीमा चढ्न थालेको सात महिना पुगे पनि बहस सुन्ने र फैसला सुनाउने हिम्मत न्यायाधीशले गर्न सकेका छैनन्। कतिपय न्यायाधीशले सरकारी वकिललाई स्थगित गर्न समेत लगाएका छन्।

यो मुद्दामा प्रमाण जुटाउने प्रक्रिया पूरा भएर अन्तिम सुनुवाइमा चढेको गत माघदेखि हो। त्यसयता १२ पटक पेसीसूचीमा यो मुद्दा चढेको छ। 

नाबालिग बलात्कारजस्तो निरन्तर सुनुवाइ गर्नुपर्ने, त्यसमाथि सर्वोच्च अदालतले समेत फास्ट–ट्रयाकमा सुनुवाइ गर्न आदेश दिएको मुद्दामा ढिलासुस्ती भएकोमा पीडित पक्षले असन्तुष्टि जनाएको छ।

घटना भएको एक वर्ष र अदालतमा मुद्दा पुगेको नौ महिना बितिसक्दा पनि पन्साउँदै जाने प्रवृत्ति देखिएको उनीहरुको भनाई छ।
 

सन्दीप लामिछाने

विशेष