जनकपुरमा किन जलाईयो चीनियाँ राजदुतको पुतला ?
कूटनीतिक मर्यादा विपरीत देशको आंतरिक मामिलामा हस्तक्षेप गरेको भन्दै राष्ट्रिय एकता अभियान जनकपुरले चिनियाँ राजदूत छन सङको पुतला दहन गरेको छ।
राष्ट्रिय एकता अभियान जनकपुरका युवा प्रमुख अमित यादवको नेतृत्वमा जनकपुरको जनक चौकमा बिरोध प्रदर्शनपछि राजदुतको पुतला दहन गरिएको हो। प्रदर्शनमा ‘चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिदैन, देश डुबाउन पाइदैन, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, राष्ट्रिय एकता अभियान जिन्दावाद’ लगायतका नारा लगाईएको थियो।
प्रदर्शनपछि कोण सभालाई सम्बोधन गर्दै अभियानका जनकपुर संयोजक मनीष पुर्बेले कूटनीतक मर्यादा विपरीत चिनियाँ राजदूतले नेपाल भारत संबन्ध बिगार्ने उदेश्यले दिएको अभिब्यक्ति निन्दनीय रहेको बताए।
उनले चिनियाँ राजदूतलाई तत्काल देश निकाला गर्न माग गरेका छन्। नेपाल भारत जल बिद्युत सम्झौता नेपाल सरकारले प्राथमिकतामा राखी गरेको र यसबाट नेपाललाई दीर्घकालीन उपलब्धि हुने भएकोले त्यो चीनलाई अपाच्य भएको उनको आरोप थियो।
चीनले नेपाललाई आर्थिक रुपले ऋणमा फसाई तिब्बत बनाउन खोजेको आरोप समेत उनले लगाए। कार्यक्रममा अभियानका सन्जीव झा, रामकरण साह, संजय यादव, गौतम झा, राजु कापर, अनुराग चौधरी, सुमित महरा, शिवनाथ साहलगायतका अभियानीहरुको सहभागिता थियो।