News

वडाध्यक्ष रिजालको निधनपछि किन सामाजिक सञ्जालमा देखिएनन् बालेन्द्र साह ?

वडाध्यक्ष रिजालको निधनपछि किन सामाजिक सञ्जालमा देखिएनन् बालेन्द्र साह ?

काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको विहिवार विहान निधन भयो। 

रिजालको पार्थिव शरीरमा राष्ट्रिय सभागृहमा पुगेर मेयर बालेन्द्र साहले महानगरको झण्डा ओढाए। तर, अहिलेसम्म सामाजिक सञ्जालमा भने उनले रिजालको बारेमा केही लेखेका छैनन्।

सामाजिक सञ्जालमा सकृय रहेका मेयर साह प्राय हरेक कुरा फेसबुकमा पोष्ट गर्छन। तर, रिजालको बारेमा शुक्रवार विहानसम्म उनको कुनै प्रतिक्रिया देखिएको छैन।

नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति पनि थिए। रिजालले घरदैलोमै पुगेर जनतालाई सेवा दिने भएकाले लोकप्रिय थिए।

काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठकमा मेयर साहसँग प्रतिवादमा उत्रिएपछि रिजाल चर्चामा आएका थिए। साहसँग उनको चर्काचर्की नै परेको थियो।

पछि मेयर साह रिजाललाई भेट्न उनको घरमै पुगेका थिए।

विशेष