रौतहटको जानकी मन्दिरका पुजारीमाथि कस्ले गर्यो सांघातिक आक्रमण ?
रौतहटको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको छ ।
बिहिवार राति करिब ११ बजे खाना पकाउने समयमा अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए । साधुलाई उपचारका लािग स्थानीयले अस्पताल पु¥याएका थिए।
अहिले उनको पिपरा बजारस्थित बागमती अस्पतालमा उपचार भइरहेको छ ।
रौतहटका एसपी महेन्द्र श्रेष्ठले साधुमाथि आक्रमणबारे जानकारी पाएपछि अनुशन्धान सुरु गरिएको वताए।