News

पूर्वराजाको कम्पनीमाथि यसरी लाग्यो ठगीको आरोप

‘टाटाको गाडीको आलोचना गर्नेको हैसियत साईकल चलाउने पनि छैन’

पूर्वराजाको कम्पनीमाथि यसरी लाग्यो ठगीको आरोप

‘द इकोनोमिक टाईम्स’मा केही वर्ष अघि प्रकाशित समाचार अनुसार पूर्व राजा ज्ञानेन्द्र विरविक्रम शाह र उनको परिवारका सदस्यको नेपालभरका १७ ठूला औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा ठूलो सेयर छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिवेदनका आधारमा तयार गरिएको समाचार अनुसार ती १७ वटा उद्योग र ब्यवसायीक प्रतिष्ठान मध्ये राजधानीमा रहेको सिप्रदी ट्रेडिङ एक हो।


सिप्रदी ट्रेडिङ नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता हो। सिप्रदीले अहिले टाटाको नेक्सन इभी कार पनि वेचिरहेको छ। पूर्वराजा ज्ञानेन्द्र आफनो ब्यवहारका कारण राम्रो छवि बनाउन सफल छन्। तर, नेक्सन इभी र सिप्रदीका कर्मचारीका कारण उनको वदनामी भईरहेको छ।

मुलुकमा गणतन्त्र आएर सत्ताच्युत हुँदा पनि देश नछोडेका, जनताको नासो जनतालाई सुम्पिन्छु भन्दै विना खुनखरावा गद्दि छोडेर निस्किएका र जनताकै बीचमा रहेका कारण उनको प्रशंसा हुने गरेको छ। यति हुँदा पनि उनले कांग्रेस कम्युनिष्ट जस्तो झुण्ड तयार गरेर विरोधमा नाराजुलुस गर्ने, राज्यलाई बाधा पुर्याउने, मारकाट गर्ने, स्वार्थका लागि एकआपसमा लडाउने काम कहिलै गरेनन्। यस बाहेक उनका अधिकांश उद्योग ब्यवसायले देशका लागि ठुलो योगदान गरिरहेका छन्। पूर्वराजाका उद्योग व्यवसाय इमान्दारी पूर्वक कर तिर्नेमा पर्छन। अर्थतन्त्रमा उनको महत्वपूर्ण योगदान छ।

यीनै नैतिक चरित्र र शालीनताका कारण उनी नेपाली जनता सामु प्रतिस्ठित छन। यही कारण थोरै आलोचना र धेरै प्रतिस्ठा भएका राजनैतिक ब्यतित्वमा पर्छन पूर्वराजा ज्ञानेन्द्र । तर, सिप्रदीका कारण पछिल्लो समय उनको बदनामी वढेको छ।

झुटो बोलेर कारको विक्रि तथा कर्मचारीको वदमासीका कारण पूर्वराजा ज्ञानेन्द्र ठगका रुपमा चिनिन थालेका छन्। धेरैले सिप्रदीलाई ठग कम्पनीका रुपमा गाली गरिरहेका छन्। सामाजिक सञ्जालमा नेक्सन इभी र सिप्रदीको ठुलो वदनामी छ।


सिप्रदीले आफना मान्छे प्रयोग गरेर कारको राम्रो पक्ष देखाउन खोजेपछि ति ब्यक्तिहरुले समेत सञ्जालमा गाली खाने गरेका छन्। काशी वस्नेत नामका ब्यक्तिले ‘म २ बर्षदेखि यो गाडी चडिरहेको छु। केही पनि समस्या छैन। मात्र रेन्ज २ सय किमि छ, कम्पनी ले ३०० भनेको थियो’ भन्दै लेखेका छन् भने जनक राणा मगरले ‘पानीमा हालेर हेरौं न’ भन्दै जवाफ फर्काएका छन्।

यसैगरी, ज्याक गुरुङले ‘२ बर्षमा माईलेज ३०० बाट २०० मा झरेछ, अबको २ बर्षपछि माईलेज १०० मा झर्ने होला। त्यत्रो पैसा हालेर गन्तव्यमा पुगिने हो कि होईन भन्दै चलाउनु पर्नेको मजा पनि बेग्लै होला’ भन्दै जवाफ दिएका छन्।

टिकाराम न्यौपानेले ‘म १ बर्स देखि इभि चडीरको छु ।कुनै सम्स्या छैन’ भन्दै लेखेपछि ‘अमर लिम्वुले ‘८ वर्ष वारेन्टी छ किन डराउने’ भन्दै थपेका छन्। तर, शंकरदत्त उपाध्यायले ‘लंकामा सुन छ कान मेरा बुचै! वारेन्टीले के गर्नु, रेस्पोन्स नै नभए पछि, हजुर!’ भन्दै कर्मचारी र प्राविधिकहरुको गैरजिम्मेवारीतर्फ पनि संकेत गरेका छन्।

उपाध्याय थप्छन्–‘अनि रेन्ज पहिलो वर्षमै कम्पनीको दावी भन्दा ४०–५०% कम भए पछि डुबाएन त?’

मानवहादुरले ‘ईन्डिया इभि काम छैन’ लेखेका छन् भने विनोद अधिकारीले ‘पानी मा सर्ट सर्सिट हुन सक्नु सामान्य हुन सक्छ।। पत्रकार ज्यू, एक पटक तपाईंको मोबाइल पानी मा हाल्नुहोस अनि चल्छ कि चल्दैन समाचार मा लेख्नु होला है।। मोबाइल पनि इलेक्ट्रोनिक दिवाइस हो।’ भन्दै कमेन्ट गरेका छन्। उनलाई दिपेश वैद्य नेवाले ‘मोवाईल र कार फरक आईटम हो’ भन्दै जवाफ दिएका छन्। दिवेश सिंहले ‘मेरो मोबाइल ४२ लाखको होइन।’ भन्दै अधिकारीलाई जवाफ दिएका छन्। विजय महर्जनले–‘मोवाईल पानीमा चलाउन पर्छ भन्ने छैन। अनि इभी गाडी के पानी पर्दा नचलाएर उडाएर लानु ?’ भन्दै प्रश्न गरेका छन्।

सुजन खरेलले ‘टाटा नेपालको लागि वाध्यता हो’ भनेका छन्।

मुकुन्द चालिसेले ‘त्यसरी पानीमा डुबेर ब्याट्री बिग्रेको बन्छ । गाडी भित्र यात्रु भको बेलामा गाडी आधा डुब्यो भने करेन्ट लागेर यात्रुको मृत्यु हुने संभावना रहन्छ कि रहन्न ? ब्याट्री धेरै भएकोले, ब्याट्रीको करेन्ट खतरा हुन्छ ।’ भन्दै लेखेका छन्।

सफा नेपाल हाम्रो नेपालले ‘डिजल र पेट्रोल गाडीहरू पनि पानीमा डुबे भने इन्जिन सिज हुन्छ । त्यस्तै हो ब्याट्री वाला पनि ....! ब्याट्री लाई पानीले नबिगार्ने गरि सिल्ड गर्ने गरि टेक्नोलोजी आइसक्यो । पेट्रोल र डिजलको गाडीहरू बाटैम जल्छन । त्यति मात्र हो र खर्च धेरै छ । गाडी दलाल र इभीका सत्रुहरु सधै बिरोध गछ्न । साथी हो अब को भबिस्यको यात्रा इभी र हाइड्रोजन नै हो ।’ भन्दै लेखेको छ।


यादव पोखरेलले –‘कम्पनीबाट प्रायोजित कमेन्ट बढी देखिए । यस्को मतलब समस्या पक्कै छ ।’ भनेका छन् भने विष्णु भुसालले ‘नेपालको भौगोलिक बनावट अनुसार नेपाल मा इभी काम छैन’ भनेका छन्। उनले सिटिको लागि ठिकै भएपनि हाइवे र लङ ड्राइभको लागि इभी उपयुक्त नभएको वताएका छन्।

यसैगरी, अशोक खरेलले ‘नेपालमा बसेर नेपालीलाई ठग्ने’ कम्पनी भन्दै सिप्रदीको आलोचना गरेका छन्। प्रकाश क्षेत्रीले सिप्रदीलाई ‘चोर फटाहाहरुको अखडा रहेछ। मैले गाडीको किस्ता १७५००० सिप्रदीमा वुझाएको केशव डाँगी भन्नेलाई। पैसा लगेर स्लिप दिएन। सिप्रदीले लुटिराखेको छ नेपाली जनतालाई। कुन दिन खुकुरी लिएर फाइट गर्नेछन् यो सिओर छ।’ भन्दै लेखेका छन्।

हरी राजवंशीले इभी र इरिक्सा उस्तै हो भन्दै कमेन्ट गरेका छन्। निर्प उपाध्यायले इभी लिनु भनेको मुर्खता वाहेक केही हैन भनेका छन्। सुमन पोखरेलले सिप्रदीका कर्मचारीहरुलाई अपशब्द नै प्रयोग गरेर गाली गरेका छन्। ‘यो मादर... टाटाको गाडी कसैलेनी नकिन्नु होला। सव चोर ठग छन् सिप्रदीमा। मैले नयाँ गाडी किनेको १ वर्षको वारेन्टी थियो। तर, विगिैएपछि वारेन्टी केही लागु नहहुने रे। मादर...हरु।’ भन्दै आक्रोश ब्यक्त गरेका छन्।

एमबी गुरुङले – सिप्रदी भनेको नेपालीको पैसा लुट्ने लुटेरा हा’ भन्दै लेखेका छन्। मनिवहिङ मनिले ‘कस्को हो कम्पनी थाहा होलानी ? भोली डम्प गर्ने ठाउँ हुन्न हेर्दै जानुस यस्ता गाडीको’ भन्दै लेखेका छन्।

मगरात लोक्चाले ‘इण्डियन कवाडी गाडी किन्ने भनेको धन भको वुद्धि नभएकोले हो। ५९ लाखमा किनेर दुई वर्षपछि ४२ लाखमा वेच्नु पर्दाको पीडा मैले भोगेको छु। जसले जे भनोस इण्डियाको गाडी इन्टरनल मार्केटमा फेलियर हो।’

प्रकाश क्षेत्रीले ‘अन्तको सिप्रदी थाहा भएन नेपालगञ्जको सिप्रदी खतम छ। लुटिराको छ सिधा मान्छेहरुलाई। मेरो पनि १५ लाख डुबायो सिप्रदीले।’ भन्दै लेखेका छन्। यता, सिप्रदीको वचाउनमा प्रतिक्रिया जनाउने कतिपयले भने –‘नेक्सन इभीको वारेमा कमेन्ट गर्नेहरुको हैसियत साईल चलाउने पनि छैन’ भन्दै लेखेका छन्।

यसरी सिप्रदी र इभिको वारेमा कमेन्ट गर्नेको लिष्ट लामो छ। अर्को श्रृंखलामा सिप्रदीका कर्मचारीले कसरी ठग्छन, कसरी दुःख दिन्छन् र कसरी गैरजिम्मेवार वन्छन भन्ने विषय प्रश्तुत गर्नेछौं।

यो पनि,

सिप्रदी सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड

विशेष