राजनीति

बाबुरामको निन्द्रा भगाउँने प्रचण्डको त्यो बक्तव्य

बाबुरामको निन्द्रा भगाउँने प्रचण्डको त्यो बक्तव्य
असोज - १५ । नयाँ शक्तिका संयोजक एंव पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण ताका जारी गरिएको संयुक्त वक्तव्यका कारण आफू सुत्न नसकेको बताएका छन् । भक्तपुरमा पार्टीका तर्फबाट आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै भट्टराईले सत्ता स्वार्थका कारण प्रचण्डले भारतसँग राष्ट्रघाति सहमति गरेको आरोप लगाए । सरकार जोगाउनका लागि यो हदसम्मको गतिविधि देख्दा आफूलाई निन्द्रा नलागेको भट्टराईको भनाइ थियो । prachanda-vs-baburam ‘प्रत्यक्ष निर्वाचित कार्यकारी अहिलेको आवश्यकता हो । स्थिर सरकार नभएमा राष्ट्रिय स्वाधिनता जोखिममा पर्छ ।’ भट्टराईले थपे, ‘प्रचण्डजीको भारत भ्रमणका बेला सरकार जोगाउनका लागि जे भयो त्यसले मुलुकलाई अफ्ठ्यारो पार्दछ ।’ नेपालको आन्तरिक मामिलामा भारतलाई वैधानिकरुपमा प्रवेश गराउने गरी प्रचण्डले संयुक्त वक्तव्य जारी गरेको भट्टराईको आरोप छ । पूर्वसहकर्मीद्वय प्रचण्ड र बाबुराम भट्टराईका बीचमा भारतलाई हेर्ने दृष्टिकोणका बिषयमा बेलाबेला मतभेद चर्को हुने गर्दछ । यसअघिसम्म प्रचण्डले भट्टराईलाई भारत परस्तको आरोप लगाउने गर्दथे । अहिले प्रचण्डतर्फ सोही आरोप भट्टराईले फर्काउने गरेका छन् । भारत र नेपालका बीचमा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यको विरोधमा नयाँ शक्ति नेपालले शुक्रबार सडक प्रर्दशन गरेको थियो ।

Dr Baburam Bhattarai pm pushpa kamal dahal prachanda

विशेष