राजनीति

सार्क क्षेत्रकाे तनाव अन्त्यका लागि नेपालले भूमिका खेल्नुपर्छः ओली

सार्क क्षेत्रकाे तनाव अन्त्यका लागि नेपालले भूमिका खेल्नुपर्छः ओली
असाेज - १५ । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्क क्षेत्रमा देखिएको तनाव अन्त्यका लागि नेपालले भूमिका खेल्नुपर्ने बताए । Kp Sharma Oli अन्नपूर्ण मिडिया नेटवर्क प्रालिले सञ्चालनमा ल्याएको एपीवान टेलिभिजनको काठमाडौंमा शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सार्क शिखर सम्मेलनका विषयमा २४ घण्टा नबित्दै सरकारले दुईवटा वक्तव्य निकाल्नु शंकास्पद भएको टिप्पणी गरे कार्यक्रममा अन्तपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मुलुकको समस्या न्युनीकरणका लागि राज्यका साथै सञ्चार माध्यमको पनि उत्तिकै भूमिका हुने बताए । अन्नपूर्णले आज एकै साथ टेलिभिजनको परीक्षण प्रसारण, अन्नपूर्ण टुडे साप्ताहिकको प्रकाशन र अन्नपूर्ण अंग्रेजी भाषाको अनलाइनको समेत शुभारम्भ गरेको हो ।

Annpurn post KP Sharma Oli

विशेष