सरकार ढल्ने बेला भइसक्यो, मन्त्रीहरु अझै थपिँदैछन्
असोज १६ । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पार्टीका तर्फबाट आठ राज्यमन्त्री छिट्टै पठाउने गृहकार्य थालेको छ ।
दाहाल नेतृत्व सरकार गठन भएको दुई महिनापछि प्रमुख सत्ता साझेदार कांग्रेसले दसैं अघि नै आठ नेतालाई राज्यमन्त्रीमा पठाउन लागेको हो । यससँगै दाहाल नेतृत्व सरकार ३९ सदस्यीय बन्नेछ । नयाँ मन्त्रीहरुमा सभापति शेरबहादुर देउवा पक्षका पाँच, रामचन्द्र पौडेल गुटका २ र कृष्ण सिटौला गुटका १ जनालाई राज्यमन्त्री बनाउन लागिएको हो ।
मन्त्री हुनेहरुमा देउवाका अब्दुल रज्जाक, सुवर्ण ज्वारचन, दिलिप गच्छदार, आङटावा शेर्पा, दीर्घराज भाट सहभागी हुनेछन् । त्यस्तै धु्रव वाग्ले, बीरबहादुर बलायर, सुरेन्द्र यादव, सीताराम मेहताको नाम पनि चर्चामा छ । नागरिक दैनिकबाट