विचित्र विश्व

बंगलादेशमा जन्मियो अचम्मको शिशु, जन्मदै ८० बर्षीय बृद्धजस्तो

बंगलादेशमा जन्मियो अचम्मको शिशु, जन्मदै ८० बर्षीय बृद्धजस्तो

बंगलादेशमा एउटा अचम्मको बच्चा जन्मिएको छ जसले चिकित्सा बिज्ञान नै अचम्भित बनाएको छ । भर्खरै जन्मिएको बच्चा ८० बर्षीया बृद्धजस्तो देखिन्छ, उसका अनुहार चाउरी परेका छन, शरीरभरी रौहरु उम्रिएका छन् र छाला कडा छ ।

बंगलादेशको माउरामा जन्मिएका यी शिशु प्रोगेरियाबाट पीडित रहेको स्थानीय डाक्टरहरुले बताएका छन् । जुन निक्कै कम मात्रामा देखिने जेनेटिक डिसअर्डर हो । हरेक चालीस लाख जनसङख्यामा १ जनालाई हुने रोग उनलाई लागेको हो । यस्तो रोग लागेपछि बच्चा असामान्य देखिन्छ ।

तर उनका माता पिता अचम्मको बच्चा जन्मिएपछि परिवारमा खुसीयाली मनाइरहेका छन् । उनीहरुले आफ्नो खुसी व्यक्त गर्न कन्जुस गरिरहेका छैनन् । उत्सुक मानिसहरु पाट्रो र उनकी श्रीमती पारुलको बच्चा हेर्न उनीहरुका घरमा आउने गर्छन् । स्थानीय अस्पतालले आमा र बच्चाको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको जानकारी दिएको छ ।

Achhamako Baccha in Bangaladesh Farak duniya

विशेष