विचित्र विश्व

चीनमा जन्मियो दुबै आँखा नभएको बच्चा

चीनमा जन्मियो दुबै आँखा नभएको बच्चा

चीनमा एउटा यस्तो बच्चा जन्मिएको छ जसका दुबै आँखा नै छैनन् । यस्तो देख्दा डाक्टरहरु पनि अचम्मित भएका छन् ।

चीनको गुआंगझोउमा उक्त बच्चाको जन्म भएको हो ।  सेप्टेम्बर २० का दिन गुआंगझोउको एक अस्पतालमा लियु पिहुआ नामक महिलाले आँखा नै नभएको बच्चा जन्माएकी थिइन् । भ्रुणमै रहँदा वंशाणुजन्य समस्याका कारण शरीरमा आँखा सिर्जना गर्ने तन्तुको विकास नहुँदा उक्त बच्चाको शरीरमा आँखा नै नपलाएको चिकित्सकले बताएका छन् ।

त्यस कारण अब त्यो बच्चाले आँखा देख्न नसक्ने पनि उनीहरुको दाबी छ । यस्तो आँखाको विकास नै नहुने वंशाणुजन्य समस्यालाई एनोप्थ्याल्मिया डिअर्डर भन्ने गरिन्छ । लाखौँ जिवित जन्ममा एक दुइ बच्चामा मात्र यस्तो समस्या पाइन्छ ।

आनुवंशिक परिवर्तन तथा असामान्य क्रोमोजोमका कारण यस्तो समस्या पैदा हुन्छ । गर्भवती महिलाले बढि एक्सरे गराउँदा, विभिन्न खाले रसायनको प्रयोगका साथै लागु-औषध, विकिरण र भाइरसको संक्रमणबाट समेत यस्तो समस्या पैदा हुनसक्ने वैज्ञानिकहरुको भनाइ छ ।

Akha navayeko bcha janmiyo China

विशेष