अन्तर्राष्ट्रिय जगतमा लाजै हुने काम गर्यो नेपाल सरकारले
असोज १७ । दक्षिण एसियाली क्षेत्री सहयोग संगठन सार्क बारे परराष्ट्र मन्त्रालयले पाँच दिनमा तीनवटा विज्ञप्ति जारी गरेर विदेश नीतिमा अस्थिरता प्रदर्शन गरेको छ ।
एकै विषयमा एक–एक दिनको फरकमा यसरी लगातार विज्ञप्ति आउनु र धारणा परिवर्त हुँदै जानुलाई विज्ञहरुले अर्थपूर्ण रुपमा लिएका छन् । ‘एउटा विषयमा लगातार विज्ञप्ति आउनु र त्यसमा धारणा निरन्तर रुपमा परिवर्तन हुनुले आफ्नै शब्दजालमा फसेको देखिन्छ, भाषामा पनि मेला खाँदैन, परराष्ट्र मामिलाका एक जानकारले भने, ‘यसले हाम्रो निरन्तरता देखाउँदैन । बरु भुटानले शुरुमै आफ्नो कुरा राख्यो । त्यसपछि चुप लागेर बस्यो । नेपालले त्यति पनि गर्न सकेन ।’
उनले दबाब थेग्न नसकेको परिणाम यस्तो भएको आशंका गरे । पछिल्लो विज्ञप्तिले नेपाल पनि बंगलादेश, अफगानीस्तान, श्रीलंका भूटानसँगै भारतीय कित्तामा उभिन पुगेको छ । –नागरिक दैनिकबाट