राजनीति

पाकिस्तानविरुद्ध खुलेआम उत्रन नसकेको भन्दै प्रचण्डसँग भारत असन्तुष्ट

पाकिस्तानविरुद्ध खुलेआम उत्रन नसकेको भन्दै प्रचण्डसँग भारत असन्तुष्ट

prachandaअसोज १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै काम गर्न नसकेको, नेपालमा एमालेलाई तह लगाउन नसकेको, आफ्नो समर्थनमा कुनै माहौल बनाउन नसकेको, संविधान संशोधन गरेर आफ्ना माग पूरा गराउन नसकेको, पाकिस्तानको विरुद्ध खुलेआम उत्रन आँट नगरेको आरोप भारतले लगाएको उच्च कुटनीतिक स्रोतबाट थाहा भएको छ । उच्च कुटनीतिक स्रोतका अनुसार भारत भ्रमण अगाडिदेखि नै प्रचण्डसँग नयाँ दिल्ली असन्तुष्ट थियो ।

भ्रमणपछि झन असन्तुष्ट भएको छ । भारतीय कूटनीतिक वृत्तसँग सम्बन्धित स्रोत भन्छ, ‘अब भारतले प्रचण्डको विकल्प खोज्छ । भारत र पाकिस्ताबीच भीषण द्वन्द्व चर्किएको छ । युद्धकै अवस्था सिर्जना भएको छ । तर, अन्तर्राष्ट्रिय कूटनीति बुझोकाहरु भन्छन्, –भारतले युद्ध चाहे पनि पाकिस्तानले चाहँदैन । युद्ध गर्ने बाध्यात्मक परिस्थितिबाट भाग्न दुवै देशले चाहिरहेका छन् । उनीहरुबीच सामरिक युद्ध भन्दा कूटनीतिक युद्ध झनझन चर्किएको देखिएकोछ । –साँघु साप्ताहिकबाट

विशेष