विचित्र विश्व

छात्रवृति पाउन कुमारित्व परिक्षण गर्नु पर्ने

छात्रवृति पाउन कुमारित्व परिक्षण गर्नु पर्ने

एजेन्सी । गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने चलन हुन्छ प्रायः । विश्वभरमै विद्यार्थीलाई छात्रवृत्ति वितरणको मापदण्ड यहीँ हो । तर दुनियमा एउटा यस्तो देश पनि छ जहाँ छात्राहरुले विद्यालयमा छात्रवृत्ति पाउनका लागि केवल गरिब र जेहेन्दार भएर मात्र पुग्दैन कुमारी अर्थात् भर्जिन पनि हुनुपर्छ ।

दक्षिण अफ्रिकाको उथुकेला सहरमा विद्यार्थी किशोरी तथा युवतीहरुलाई छात्रवृत्ति पाउनका लागि आफ्नो कुमारित्व परीक्षण गराउन पर्दछ । छात्रा चाहे जुनसुकै उमेरका होउन् भर्जिनिटी टेष्ट गराउनैपर्छ । कुमारित्व परीक्षणका क्रममा कौमार्य भंग भएको अर्थात् यौन सम्पर्क राखेको प्रमाणित भएका छात्राहरु छात्रवृत्ति पाउने सूचिबाट बाहिरिन्छन् ।

उथुकेला सहरका मेयरले स्कुल तथा कलेजमा पढ्ने त्यस्ता छात्राहरुलाई छात्रवृत्ति दिने घोषणा गरेका छन् जो भर्जिन रहेका छन् । छात्रवृत्ति पाइसकेपछि रकम भुक्तान हुने सिलसिलामा गरिने पुनः परीक्षणका क्रममा कुमारित्व गुमाएको पाइएमा समेर्त छात्रवृत्ति रकम फिर्ता लिइन्छ ।

वास्तवमा छात्राहरुमा एचआइभी एड्सको संक्रमणको जोखिम कम गर्न कम उमेरमा असुरक्षित यौन सम्पर्कलाई निरुत्साहित गर्नका लागि नगर प्रशासनले यस्तो छात्रवृत्ति नीति ल्याएको हो । तर कतिपयले भने छात्रवृत्तिका लागि छात्राहरुको कुमारित्व परीक्षण गर्ने कार्यले व्यक्तिको गोपनियता हनन गर्ने तथा किशोरीहरुलाई निरास तथा लज्जित बनाउने भन्दै विरोध गरेका छन् ।

Verginity test

विशेष