एमाले नेता नेपाल इन्डोनेसिया प्रस्थान

असोज - १७ । नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल इन्डोनेसियामा हुने ‘जुँछे विचारधारा’ सम्बन्धी विचार गोष्ठीमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
कोरियन वकर्स पार्टीको निमन्त्रणामा सो कार्यक्रममा गएका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कार्यक्रममा सम्बोधन बताइएकाे छ । एमाले विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता नेपाल आउँदो २२ असोजमा स्वदेश फर्कने एमाले प्रचार विभागका सचिव विष्णु रिमालले जानकारी दिए ।
सोभियत युनियनसँगको विवादका क्रममा सन् १९५० मा उत्तर कोरियामा ‘आत्मविश्वास’ को अवधारणाका साथ सो विधारधाराको जन्म भएको थियो ।
madhab kumar nepal
