दसैंअगाडि गर्ने भनिएका सबै काममा सरकार असफल
असोज १९ । गठन मितिका आधारमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज ६३ औं दिन टेकेको छ । अर्थात साउन १९ मा गठन भएको सरकारले आज असोज १९ गते लागिसक्दा मन्त्रिपरिषदललाई नै पूर्णता दिएको छैन । प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राज्यमन्त्री थपिहाल्ने कि थाँती राख्ने भन्ने तर्कवितर्क चलिरहेको छ ।
यसप्रकार सरकार केवल बनाउनकालागि मात्रै बनाइइको कुरालाई फेरि पनि सरकारकै कायैशैलीले पुष्टि गरेको छ । अर्थात, दसै लागिसक्दा पनि दसैअघि सम्पन्न गरिने भनिएका महत्वपूर्ण कार्यभार पूरा गर्नेमा यो सरकार असफल भएको छ । मुख्यतः स्थानीय निकायको पुनः संरचना र तीन तहका निर्वाचन मिति घोषणा गर्ने काम सरकारको काँधमा रहेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी थियो । ती मध्ये कुनैले पनि मूर्त रुप लिएनन् । –जनआस्था साप्ताहिकबाट