कला साहित्य

बडा दसैंमा दिइने र लिइने आशिर्वादको शाब्दिक र प्रतीकात्मक अर्थ

बडा दसैंमा दिइने र लिइने आशिर्वादको शाब्दिक र प्रतीकात्मक अर्थ

 

बडादशैंको उपलक्ष्यमा दिइने र लिइने आशिर्वादको शाब्दिक र प्रतीकात्मक अर्थ सबैलाई बुझाउन सके यस पर्वको महत्व र सान्दर्भिकता अझ बढ्थ्यो कि? जस्तै:

आयु द्रोर्ण सुते श्रीयो दशरथे शत्रु क्षयमं राघवे, ऐश्वर्य नहुष गतिश्च पवने मानन्च दूर्योधने, दानं सूर्य सुते बलं हलधरे सत्यन्च कुन्तीसुते, विज्ञानं विदुरे भवन्तु भवतामं कीर्तिश्च नारायणे ।

यसको अर्थ हुन्छ:

द्रोर्ण पुत्र अश्वत्थामाको जस्तो दीर्घायु होस्, दशरथ राजाको जस्तो श्रीसम्पती होस्, भगवान श्री रामको जस्तो शत्रु नास होस्, नहुष राजाको जस्तो ऐश्वर्य प्राप्त होस्, पवन पुत्र हनुमानको जस्तो गतिशीलता होस्, दूर्योधनको जस्तो मानसम्मान होस्, सूर्य पुत्र कर्ण जस्तो दानवीर हवोस्, कुन्तीपुत्र युधिष्ठिर जस्तो सत्यवादी बनोस्, विदुर जस्त्तो ज्ञानी बनोस् र भगवान नारायणको जस्तो कीर्ति फैलियोस् ।

dashain mantra meaning dashain tika meaning

विशेष