विचित्र विश्व

अचम्मको मन्दिर महिलाको स्तनको पुजा गरिन्छ

अचम्मको मन्दिर महिलाको स्तनको पुजा गरिन्छ

woma

असोज २७ । संसारमा अचम्मका मन्दिर पाइन्छन् । कुनै पहाडको चुचुरोमा बनेका र कुनै नदीको बीचमै बनेका मन्दिर । मन्दिर जाँदा त्यहाँ रहेका देवीदेवताको दर्शन गर्छन् ।

तर जापानमा एउटा त्यस्तो अनौठो मन्दिर छ जहाँ दर्शनका लागि आउनेहरूले ‘डमी महिलाको स्तन ’लाई पूजा गर्छन् । यस मन्दिर भित्र ठूलो आकारको स्तन आकार बनाई प्रतिस्थापन गरेको हुन्छ । जापानीजहरू यसलाई ब्रेस्टकी देवी छिछिगमीसमको नाममा पुकारिन्छ । यस मन्दिरमा बर्षौदेखि डमी स्तनलाई पुजिँदै आएका छन् । मन्दिरभित्र चारैतिर महिलाको स्तन आकार बनाई टाँसिएको हुन्छन् ।

woo

यस मन्दिरमा दर्शन गर्न आउने सबैले महिलाको स्तन आकार बनाई मन्दिरमा चढाउनुपर्ने र मनोकामना पूरा भएपछि मन्दिरमा आएर डमी स्तन बनाएर मन्दिरमा चढाउनुपर्ने जनविश्वास छ । यो कपास र कपडाबाट बनाइएको स्तन आकारको हुन्छन् । यस मन्दिरमा सुरक्षित गर्भधारण र स्तनको क्यान्सरबाट बच्न मानिसहरू डमी स्तनको पूजा गर्छन् । यसरी डमी स्तन चढाएर पूजा गर्दा महिलाहरूको स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्या निराकरण हुने जन विश्वास छ ।

केही वर्ष पहिले जापानको वाकायामा शहरका एक डाक्टरले यस मन्दिरमा आएर आफ्ना स्तन क्यान्सर बिरामीको स्वास्थ्य लाभको लागी प्रार्थना गरेका थिए । साथै उनले एक डमी स्तन मन्दिरमा चढाएका थिए । यसरी प्रार्थना गर्दा उनको बिरामी स्वस्थ भएको बताइन्छ । यो थाहापाएर सबैले मन्दिरमा डमी स्तन बनाएर पूजा गर्न थालेका हुन्

विशेष