विचित्र विश्व

९५ वर्षीया वृद्धाको जोश आफ्नो जन्मदिन विमानबाट हाम फालेर मनाइन

९५ वर्षीया वृद्धाको जोश आफ्नो जन्मदिन विमानबाट हाम फालेर मनाइन

sky असोज २८ । अमेरिकाकी ९५ वर्षीया महिला बेट्टी बट्लर टीनएजरको जस्तो जीवन बाँचिरहेकी छन् । हालै उनले आफ्नो ९५ औं जन्मदिन यसरी मनाइन् जसको बारेमा सोच्दा समेत मै हुँ भन्नेको पसिना छुट्छ ।

बेट्टीलाई रोमाञ्चक खेलको ठूलो शोख छ । त्यही भएर उनी १३ हजार फीटको उचाइबाट हाम्फालेर स्काइ डाइभिङ गर्न समेत हिच्किचाइनन् । उनलाई नातिनातिनाले हौस्याएर रोमाञ्चमा साथ दिए । उनका ४० मित्र तथा नातेदार भुइँमा केक लिएर उनको प्रतीक्षामा बसेका थिए ।यो अत्यन्तै रोमाञ्चक अनुभव रहेको अनि आफू यसो गर्न पूर्वराष्ट्रपति जर्ज बुशबाट प्रेरित भएको उनले बताइन् । बुश सिनियर पनि बुढो हुँदा समेत स्काइ डाइभिङ गरिरहेका भेटिन्छन् ।

यसअघि ८० वर्षकी हुँदा बेट्टीले हावा भरिएको बेलूनमा उडेर जन्मदिन मनाएकी थिइन् ।

Sky Diving

विशेष