विचित्र विश्व

भारतमा ट्रक ड्राइभरको लागि छुट्टै कन्डम

भारतमा ट्रक ड्राइभरको लागि छुट्टै कन्डम

dipper-condoms1 भारतमा हालसालै नया ब्रान्डको कन्डमको लन्च भएको छ । यसको नाम हो डिप्पर । उक्त कण्डम विशेष गरी ट्रक ड्राइभरहरुलाई लक्षित गरी बनाइएको हो ।

यो कण्डमको नाम कसरी रह्यो होला ? चासोको विषय हुन सक्छ । वास्तवमा भारतीय ट्रकहरुका पछाडि लेखिने चेतावनीमूलक शव्दावलीहरुबाट यो नाम लिइएको हो । ट्रकको पछाडि लेखिएको हुन्छ  रातको समयमा डिप्पर प्रयोग गर्नुहोस् ।

यो सन्देशको आफ्नो अर्थ छ । यस अनुसार रातको समयमा ट्रक चलाउँदा ड्राइभरहरुले लो बिम अर्थात् कम प्रकाशवाला बत्तीको प्रयोग गर्नुपर्छ, न कि हाइ बीम । कण्डम उत्पादकले यो सन्देशको प्रयोग सुरक्षित यौन सम्पर्क कायम गर्नका लागि गरे । भारतमा ६० लाखभन्दा बढी ट्रक ड्राइभर छन् । ती मध्ये ३ लाख एचआइभी पोजेटिभ छन् ।

यो डिप्पर कण्डम निकै सस्तो पनि छ । दुई रुपैयाँ भारुमा तीनवटा कण्डम भएको एक प्याकेट किन्न पाइन्छ । पहिलो पन्ध्र दिनमै ४५ हजार कण्डम बिकेको बताइएको छ । कतिपय ट्रक ड्राइभरहरुले त यो कण्डम हरेक पेट्रोलपम्पहरुमा निशुल्क पाइनुपर्ने माग गरेका छन् । क

हिले कण्डमको आवश्यकता पर्छ भन्ने कुराको भर नहुने भएकाले हरेक पेट्रोल पम्पमा कण्डम पाइएमा सहज हुने उनीहरुको भनाइ छ । टाटा मोटर्स तथा ट्रान्सपोर्ट कर्पोरेसन अफ इण्डियाको संयुक्त सहयोगमा डिप्पर कण्डमको परियोजना सुरु भएको हो ।

Dipper condom

विशेष