राजनीति

हिन्दी भाषालाई संविधानमा स्थान दिने विषय राष्ट्रियतामाथिकै हस्तक्षेप हाेः सांसद् गुरुङ

हिन्दी भाषालाई संविधानमा स्थान दिने विषय राष्ट्रियतामाथिकै हस्तक्षेप हाेः सांसद् गुरुङ
असाेज - ३० । नेपाली कांग्रेसका सांसद् धनराज गुरुङले हिन्दी भाषालाई संविधानमा स्थान दिने विषय राष्ट्रियतामाथिकै हस्तक्षेप भएको टिप्पणी गरेका छन् । dhanraj-gurung संसद् बैठकको विशेष समयमा बोल्दै सांसद् गुरुङले हिन्दी भाषालाई कामकाजको भाषा बनाउने विषय बदनियतपूर्ण भएको बताएका हुन्। बैठकमा एमालेका सांसद् राजन भट्टराईले सरकारले सन्तुलित परराष्ट्र नीति अपनाउन नसकेको आरोप लगाए । नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले संशोधनमार्फत असन्तुष्ट पक्षको माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउन ढिलो भएको धारणा राख्नुभयो ।

Dhanraj gurung

विशेष