राजनीति

ब्रिक्स सम्मेलनबाट नेपालले द्विपक्षीय भेटवार्तालाई उपयोग गर्न सक्छ: डा. महत

ब्रिक्स सम्मेलनबाट नेपालले द्विपक्षीय भेटवार्तालाई उपयोग गर्न सक्छ: डा. महत
असोज – ३० । सत्तारुढ दल नेपाली काँग्रेस नेता डा. रामशरण महतले भारतको गोवामा भैरहेको ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन नसक्ने स्पष्ट पारेका छन् । ram-saran-mahat आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले ब्रिक्स सम्मेलनमा नेपालले द्विपक्षीय भेटवार्ता गर्ने उपयोगिता बाहेक अन्य उपलब्धि हासिँल गर्न नसक्ने बताएका हुन् । डा. महतले भने, ‘नेपाल ब्रिक्सको सदस्य राष्ट्रपनि होइन, त्यसैले यसमा हामीले ठूलो अपेक्षा गर्नुभन्दा पनि द्धिपक्षीय महत्वपूर्ण भेटवार्ताका उपयोगिताहरु हुन सक्छन्, त्यसबाहेक अरु त के नै हुन्छ र ?’ उनले नेपालले द्धिपक्षीय साझेदारीको विषयमा बढि ध्यान दिनुपर्ने औंल्याए । महतले थपे, ‘ब्रिक्सका अन्य सदस्य राष्ट्रहरु धेरै टाढाको विषय हो, हामीले भारत र चीनसँग विशेष ध्यान दिनुपर्छ, हाम्रो बजार भनेको नै यी दुई छिमेकी हुन्, यसमा हामीले विशेष जोड दिनुपर्छ ।’ महतले पहिलो प्राथमिकतामा सरकारले आन्तरिक कुरालाई ध्यानमा राख्नुपर्ने बताए । संविधान संशोधनबारे छलफल गरेको छैन संविधानलाई लिएर असन्तुष्ट बनेको मधेश केन्द्रित दल लगायत अन्य पक्षहरुको माग पूरा गर्नको लागि सरकारले यथेष्ट छलफल नै नगरेको महतको आरोप थियो । उनले भने,‘सरकार बनेको दुई महिना भैसक्यो, तर संविधान संशोधनवारे अहिलेसम्म कुनै छलफल नै भएको छैन, अरुसँग भए मलाई थाहा छैन, कमसेकम सत्तापक्षको हाम्रो दल काँग्रेससँग भएको जानकारी मलाई छैन ।’ अहिलेकै संरचना अनुसार चुनाव उनले मुलुकमा स्थानीय निकायको निर्वाचन आवश्यक भएकोले अहिलेकै गाउ र जिल्लाको संरचना अनुसार निर्वाचन गर्नुपर्ने सुझाव दिए । महतले भने, ‘साँच्चिकै यही फागुण चैत्रभित्र चुनाव गराउने हो भने अहिलेकै संरचना अनुसार चुनाव गराउनुपर्छ ।’ चरम गुटबन्दी  नेता महतले मुलुकको निकास र विकासको लागि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पछिल्लो समय काँग्रेसभित्र चरम गुटबन्दी रहेकोमा भने चिन्ता व्यक्त गरे । महतले भने, ‘अहिले पार्टीभित्र आँफैमा लडाई भैरहेको छ, युवाहरुको आन्तरिक लडाईमै उर्जा समाप्त भैसकेको छ ।’ उनले काँग्रेस कमजोर भए मुलुक र लोकतान्त्रिक पद्धति नै कमजोर हुने चिन्ता व्यक्त गरे । भाषण बढि उनले वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कामभन्दा बढि भाषण गरेको आरोप लगाए । उनले भने,‘भाषणवाजी बढि भयो, कामतिर जोड भएन, परियोजनाबारे कुनै गम्भिरता देखिएन ।’ उनले कुरा गरेर आकांक्षा बढाउने कुरा एउटा भएपनि काम गरेर देखाउन प्रचण्डलाई चूनौति दिए । उनले भुकम्पपीडित अहिलेपनि दुःखको मारमा रहेको गुनासो पोखे । महतले प्रचण्डलाई ठोस प्रोजेक्ट र जनताको सेवा प्रवाहमा ध्यान दिन सुझाव दिए ।

ramsaran mahat ramsaran mahat conghresh

विशेष