नेपाल र चीनसँग मिलेर किन काम गर्न चाहँदैन भारत ?
कात्तिक १ । भारतले शनिबार साँझ नेपाल, भारत र चीनका कार्यकारी प्रमुखहरुबीच भएको भेटवार्तामा त्रिपक्षीय साझेदारीलाई लिएर सहमति नभएको प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल बसिरहरको वेटिङ रुममा पहिले चिनियाँ राष्ट्रपति सि जिनपिङ र केहीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिरेपछि तीन नेताबीच अनौपचारिक कुराकानी भएको थियो ।
भारतीय विदेश मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले उक्त भेटबारे आफूले प्रधानमन्त्री मोदीसँग जिज्ञासा राखेको बताए । उनले मोदीलाई उदधृत गर्दै भने, ‘त्यो संयोगबस भएको मात्रै हो । एकै समयमा तीनै नेता लिडर्स लाउन्जमा उपस्थित थिए । नेपाल र चीनको द्विपक्षीय वार्ता पहिले सकिइसकेको थियो । मलाई थाहा छैन, मानिसहरुले कुन आधारमा त्रिपक्षीय वा अरु केही वार्ता भनिरहेका छन् ? ’ –कान्तिपुर दैनिकबाट