सामाजिक सञ्जाल

स्तनपान गराएको फोटो फेसबुकमा पोष्टगरेपछि....

स्तनपान गराएको फोटो फेसबुकमा पोष्टगरेपछि....

faceboo कात्तिक १ । स्तनपान एक सामान्य र प्राकृतिक प्रक्रिया हो तर कतिपय व्यक्तिहरू यो विषयलाई समेत छाडा र घृणायुक्त ठान्छन् । १९८५ मा भारतमा ‘राम तेरी गंगा मैली’ मा भएको स्तनपानको एउटा दृश्यले हंगामा मच्चाएको थियो । नेपालमा पनि एक अविवाहित नायिकाले स्तनपान गराएको दृश्यको बारेमा करिव ढेढ दशकअघि त्यस्तै चर्चा भएको थियो ।

फेसबुकमा दुई बच्चालाई स्तनपान गराएको एउटा तस्वीर राखेकै कारण एक आमाको फेसबुक एकाउण्ट सस्पेण्ड गरिएको खबर सार्वजनिक भएको छ । ती महिलालले कुनै अज्ञात व्यक्तिको बच्चा र आफ्नो बच्चालाई एकैपटक स्तनपान गराएको तस्वीर फेसबुकमा राखेकी थिइन् । अमेरिकाको मिसौरी राज्यकी रेबेका वानोसिकलाई उनकी साथीले आफू स्तनको शल्यकृयाका लागि अस्पताल जान लागेकाले आफ्ना सन्तानलाई स्तनपान गराइदिन आग्रह गरेकी थिइन् । यसो भएपछि साथीको पाँच महिनाकी छोरी र आफ्नो ८ महिनाको छोरालाई उनले स्तनपान गराइन् र स्तनपान दृश्य मन परेर फेसबुकमा राखिन् ।

breastfeeding-mum

तर उनले स्तनपान गराएको यो तस्वीर केहीलाई आपत्तिजनक लाग्यो र उनीहरूले यो विषयलाई फेसबुकमा रिपोर्ट गरिदिए । त्यसपछि रेबेकाको फेसबुक बन्द गरियो । आफ्नो श्रीमतीले ‘यति राम्रो’ तस्वीर हालेकै कारण फेसबुकले एकाउण्ट बन्द गरेकोमा उनका श्रीमान पनि पनि रिसाए र सोही तस्वीर फेरि आफ्नो फेसबुकमा पोष्ट गरिदिए ।

अहिले रेबेकाको फेसबुक एकाउण्ट पुन सक्रिय पारिएको छ । फेसबुकले यसका लागि माफी मागेको छ र स्तनपानवाला तस्वीर राख्न प्रतिबन्ध गरिने मनाही नगरिएको फेसबुकको दाबी छ ।

Faceboook

विशेष