ताजा खबर राजनीति

एमाले छाडेका अशोक राईले एमालेकै बचाउ गर्दे भने, एमालेलाई दोष थुपार्नुको कुनै अर्थ छैन

एमाले छाडेका अशोक राईले एमालेकै बचाउ गर्दे भने, एमालेलाई दोष थुपार्नुको कुनै अर्थ छैन

ashok-rai

कात्तिक १ । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले छठपछि आन्दोलन गर्ने बताएका छन् । संविधान संशोधन विधेयक प्रस्ताव संसदमा दर्ता गर्ने प्रधानमन्त्री पुष्पकमल दहालको आश्वासनलाई उनले ‘केटाकेटी भुलाउने खेल’ को संज्ञा दिए । मनाङ भ्रमणका लागि बेसीसहर आएका नेता राईले आइतबार बेलुकी पत्रकारलाई भने ‘आफैं मिति तोक्ने, आफैं सार्ने, यो कस्तो खेल हो ?’

प्रधानमन्त्रीले एमालेलाई दोष थुपारेर उम्कन खोज्ने प्रयास गरिरहेको उनले आरोप लगाए । ‘एमालेलाई दोष लगाउने चान्स छैन । ऊ प्रतिपक्ष हो, प्रतिपक्षको भूमिका निर्वाह गर्छ, उसले अवरोध अवश्य गर्छ,’ उनले भने, ‘एमालेलाई सहमतिमा ल्याउन नसक्नु सरकारको कमजोरी हो । काम आफू बिगारेर अरुलाई दोष थुपार्न पाइँदैन ।’

सरकारसमक्ष २६ बुँदे माग पेस गरेको भन्दै उनले संविधानको ८० वटा धारामा संशोधन गर्नुपर्ने आन्दोलनरत पार्टीहरुको धारणा रहेको बताए । ‘ओली सरकारकै पालामा सहमति गर्नुपर्ने थियो । ओली सरकार ढल्यो । बर्तमान सरकारले हाम्रो माग पूरा गर्नुको विकल्प छैन,’ उनले भने । चुनावपछि संविधान संशोधनको कुनै औचित्य नभएको उनले बताए ।

Ashok Rai

विशेष