विचित्र विश्व

नौ कक्षाको परीक्षामा विराट कोहलीको ‘गर्लफ्रेन्ड’को नाम साेधिएपछि....

नौ कक्षाको परीक्षामा विराट कोहलीको ‘गर्लफ्रेन्ड’को नाम साेधिएपछि....
कात्तिक - १ । महाराष्ट्रको एउटा स्कुलको परीक्षामा नवौं कक्षाका विधार्थीलाई भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको प्रेमिकाको नाम सोधिएको छ । महाराष्ट्रको भिविन्डीस्थित चाचा नेहरु हिन्दी हाई स्कुलको फिजिकल ट्रेनिङ (पिटी) को प्रश्नपत्रमा विराटको प्रेमिकाको नाम साेधिएकाे हाे । viratkohlil उक्त प्रश्नकाे उत्तरको लागि ३ वटा पनि विकल्प दिइएको थियो। विकल्पमा प्रियंका चोपडा, अनुष्का शर्मा र दीपिका पादुकोणको नाम छनोटका लागि राखिएको स्थानीय मिडियाले जनाएको छ। गत महिना भारतीय एयरफोर्सको इन्जिनियरिङको परीक्षामा पनि बलिउड अभिनेत्री दीपिका पादुकोणको विषयमा यस्तै प्रश्न सोधिएको थियो। त्यतिबेला दीपिकाले सन् २०१६ मा पाएको फिल्म फेयर अवार्डको फिल्मको नामको विकल्पको रुपमा वाजीराव मस्तानी, ह्यापी न्यु इयर, तमाशा र पीकूलाई राखिएको थियो। यसअघि सिभिल इन्जिनियरिङको परीक्षामा तमिल फिल्म बाहुबली सम्बन्धि प्रश्न सोधिएको थियो। paper

virat koili

विशेष