विचित्र विश्व

बिहे गरेको श्रीमान आफ्नै हजुरबुवा परेपछि....

बिहे गरेको श्रीमान आफ्नै हजुरबुवा परेपछि....

photo

अमेरिकाकी एक २४ वर्षीया युवतीले बिवहा पश्चात श्रीमानको रुपमा आफ्नै ६८ वर्षीय हजुरबुवा भएको थाहा पाएपछि चकित परेकी छिन् । गत तीन महिनादेखि विवाह सम्बन्धमा रहेका ती जोडीले यो कुरा पुरानो फोटो एल्बम हेर्दा मात्र थाहा पाएका हुन् ।

उक्त एल्बममा ति युवतीको श्रीमान अर्थात वृद्धको पहिलो विवाहबाट जन्मिएका सन्तानहरुको फोटो थियो । ती फोटोमध्ये एउटामा युवतीका आफ्नै बुवाको फोटो भएको फ्लोरिडा सन पोष्टले बतायो ।

ती वृद्धका अनुसार पहिलो श्रीमतीले छोडेर अपरिचित ठाउँमा गएपछि उनले आफ्ना सन्तानलाई कहिले पनि देख्न नपाएकोे बताए । उनले आफ्नी पूर्व श्रीमती र सन्तानहरुको खोजी गर्न नीजि अनुसन्धानकर्ताहरुलाई पनि नियुक्त गरेको तर उनीहरुले पनि श्रीमती र सन्तानबारे केही पत्ता लगाउन नसकेको दाबी गरे ।

उनले त्यसपछि पुनः विवाह गरे जसबाट उनका थुप्रै सन्तान भए । तर दोस्री श्रीमतीसँगको सम्बन्ध पनि विच्छेद भएपछि उनी आर्थिक रुपमा दुर्बल भए । तर भाग्यको खेल, त्यसको दुई वर्ष पछि उनले चिट्ठामा हज्जारौं मिलियन डलर जित्न सफल भए । सन् २०१५ मा ती वृद्धले आफ्नो लागि नयाँ श्रीमती खोज्ने निर्णय गरे । स्थानीय डेटिङ एजेन्सीसँग समन्वय गरी उनले नयाँ श्रीमतीको खोजी गर्न सुरु गरे ।

‘उनीहरुसँग थुप्रै राम्रा महिलाहरुको वेबसाइट र प्रोफाइल थियो तर उनको फोटो देखेपछि मलाई अर्कै महसुस भयो । उनी मसँग परिचित छिन् जस्तो लागेको थियो ।’‘उनी रेष्टुरेन्टभित्र छिर्ने बित्तिकै मैले उनलाई विवाह गर्ने निर्णय गरिसकेको थिएँ,’ उनले थपे ।

उक्त भेटमा उनीहरुले आफ्नो परिवार बारे निकै संक्षिप्त कुराकानी गरेको बताए । कुराकानीकै क्रममा उनले थाहा पाए कि ती युवतीलाई उनका बुवा वृद्धका छोराले गर्भवती भएका कारण घर निकाला गरिदिएका थिए । त्यसपछि उनले ती धनी वृद्धासँग विवाह गरेर आफ्नो बाँकीको जिन्दगी उनैसँग बिताउने निर्णय गरेको उनले बताइन् ।

ति युवतीको दुईवटा विवाह टुटिसकेको र तेस्रो विवाह नटुटोस् भनेर कटिबद्ध रहेको युवतीको भनाइ रहेको छ । ति युवतीका अनुसार जब उनले आफ्नो बुबालाई फोटोमा दखिन तब उनी निराश भएकी थिइन् । यद्यपी,उनीहरुबीचको सम्बन्ध यति गहिरो भइसकेको छ कि यो कुराले उनीहरुलाई छुटाउन नसक्ने ती युवतीको भनाइ रहेको छ । उनीहरुबिचको सम्बन्ध स्पष्ट भएपनि उनीहरु सँगै बसिरहेका छन् ।

Amrica

विशेष