कला साहित्य

कविता – होस्टे हैँसे

कविता – होस्टे हैँसे
sama मौनता नि:शब्द हुँदैनन् शून्यता मौन हुँदैनन् उच्छवासहरुमा पनि आदि इत्यादि हुन्छन् अँध्यारो कालो हुँदैन कालो निस्पट्ट हुँदैन अन्धकार पनि सदैब गर्भमा प्रकाश बोक्दछ बधिर वाक्य बोल्दैन वाणीहीन शब्द चलाउँदैन आँखाका सान आैंलाका नृत्य आदि इत्यादि सबै बक्छ मार्ग अँध्यारैमा खोजी हुन्छ रङ कालैबाट पहिचान हुन्छ प्रकाशको चाहना अन्धकारमै प्रस्फुटिन्छ मौनता या शून्यता उच्छवास या बोध अन्धकार या कालो तगारो होइनन् होस्टे हैँसे हुन् मानवका ! – समा श्री, काठमाडौं, हालः इजरायल

Isrial kabita shama shree

विशेष