नेपालमा जेष्ठनागरिक मैत्री वेबसाइट, जेष्ठनागरिकलाई चाहिने हरेक सामान उपलब्ध हुने
कात्तिक – २ । वृद्ध हुनुहुन्छ ? आफूलाई आवश्यकता परेका सामान खरिद गर्न जान सक्नुहुँदैन ? विदेशमा हुनुहुनुहुन्छ ? नेपालमा रहेको आफ्ना आमाबुबालाई कुनै उपहार अथवा अन्य अवश्यक सामान दिन चाहनुहुन्छ ? तर, कसरी दिन भन्ने चिन्तामा हुनुहुन्छ भने तपाई यो समस्यालाई समाधान गर्नका लागि नयाँ वेबसाइट खोलिएको छ । यही वेबसाइट माध्यमबाट वृद्ध व्यक्तिहरुले आफूलाई चाहिने सामानको अडर गर्न सक्छन् भने विदेशमा रहेका आफन्तहरुले उनीहरुलाई उपहार स्वरुप सामानहरु पठाउन सक्छन् ।
यदी विदेशमा बसेर पनि आफ्ना वृद्ध बाबुआमालाई सेवा गर्न चाहनुहन्छ भने यस्तो सुविधा सिनियर बजार डट्कमबाट लिन सक्नुहुन्छ । नेपालकै पहिलो जेष्ठनागरिक मैत्री सर्भिस पोर्टल सिनियर बजार डट्कम हो । मूल रुपले जेष्ठनागरिकका समस्यालाई मध्यनजर गर्दे यो साइटको विकास गरिएको संचालक सागल कटुवाल बताउँछन् ।
नेपाली समाजमा पनि छोराछोरी पढाइका साथै रोजगारीका लागि विदेशिने परम्परा वढेको छ । घरमा जेष्ठनागरिकमात्र हुने जसले गर्दा उनीलाई आफ्ना आवश्यकता पूरा गर्न कठिनाइ भइरहेको उनी बताउँछन् ‘अहिले आमाबाबु र छोराछोरीबीच दुरी कायम भएको छ ।’ उनले भने ‘यो साइटको माध्यमले उनीहरुको दुरीलाई कम गर्ने प्रयास गर्ने छौँ ।’
सिनियर बजारले वृद्ध अवस्थामा पुगेका सबै मानिसका लागि चाहिने आवश्यक सुविधाहरु उपलब्ध गराउने एक्जुकेटिभ डिरेक्टर आरती पौडेलले बताइन् । उनका अनुसार यो वेबसाइटबाट जेष्ठनागरिक र उनका परिवारले फाइदा उठान सक्ने छन् । जेष्ठनागरिकलाई आवश्यक पर्ने हरेक कुरा उपलब्ध हुने उनको भनाइ छ । १ वर्ष लामो अनुसन्धान पछि खोलिएको यो वेबसाइट जेष्ठनागरिक लक्षित रहेको उनले बताइन ।
स्वास्थ्य सम्बन्धी सुविधाहरु पनि यस वेबसाइटको माध्यमबाट लिन सकिने छ । स्वास्थ परिक्षणका लागि डाक्टरको व्यवस्था मिलाउने, आवश्यक औषधि घरसम्म पुर्याउने, थेरापीको आवश्यकता पर्नेलाई घरसम्म थेरापीस्टको व्यवस्था गर्ने एक्जुकेटिभ डिरेक्टर पौडेलले जानकारी दिइन् ।
परिवारलाई आवश्यक पर्ने इलेक्ट्रोनिक्सलगायत किचेनका सामानहरु पनि अडर गर्ने सकिने छ । त्यस्तै जेष्ट नागरिकहरुलाई चाहिने कपडाहरुमा साडी, ढाकाटोपी दौरासुरुवाल लगायतका सामानहरु पनि यो साइटबाट अडर गर्न सकिने छ ।
विदेशमा रहेका कोही आफन्तले कुनै चाडपर्व जन्मदिनको उपहार, केक आदि पठाएर सरप्राराइज दिन सक्ने छन् । यो साइटको माध्यमबाट विदेशमा रहेका आफन्त आफ्ना आमाबुबाहरुलाई सेवा पुर्याउन सक्ने संचालक बुढाथोकी बताउँछन ।
त्यस्तै वृद्ध अवस्थामा धर्मकर्म तिर मन जाने भएकाले भजनका लागि चाहिने सामाग्रीहरु हार्मोनियम, किर्वोड गीतार, मादल खैजडी, मुजरालगायतका सामाग्री पनि अडर गर्न सकिने छ । कोही तिर्थयात्रामा जान चाहनेको लागि पनि छुटै प्याकेज राखिएको छ ।
सिनियर बजारमा वृद्धका सवालहरुका बारेमा छुट्टै बल्ग पनि खोलिएको छ । त्यस बल्गको माध्यमबाट विभिन्न जानकारी हासिल गर्न सक्ने एक्जुकेटिभ डिरेक्टर पौडेलकाे भनाइ छ ।
senior bazar .com