विचित्र विश्व

एक किलो खुुर्सानीकाे मूल्य ३८ लाख

एक किलो खुुर्सानीकाे मूल्य ३८ लाख
कुनै पनि चिजको विशेषता रुपले पहिचान गर्न सकिँदैन । उदाहरणमा हामीकहाँ पाइने अकबरे खुर्सानीकै लिन सक्छौँ । अन्य खुुर्सानीहरु भन्दा निकै सानो हुन्छ तर पिरो उत्तिकै साथै मूल्य पनि अन्य खुर्सानीको भन्दा बढी नै हुन्छ । mother-of-all-chillies तर संसारमा यस्तो खुसार्नी पनि छ जुनले अकबरे खुर्सानीको भाउलाई विलय नै गरिदिन्छ । रुपले निकै सानो यो जङ्गली खुर्सानी केही समय यता मात्र बजारिकरण भएको छ । हामी जुन खुर्सानीको कुरा गर्दै छौँ त्यो खुर्सानीको मूल्य सय वा हजार होईन लाखौँ पर्छ । ‘मदर अफ अल चिलिच’ नामक खुर्सानीको मूल्य एक किलोको मात्र झण्डै ३८ लाख रुपैयाँ पर्दछ । यो खुर्सानी विश्वमै दक्षिण अमेरिकी देश पेरुमा मात्र पाइन्छ । सानो आकारको अर्थात जिरे यो खुर्सानी यति मूल्यवान हुनुको प्रमुख कारण यसको स्वाद तथा पिरोपन नै हो । कैयौँ तयारी खानेकुरा तथा ससहरुमा यो खुर्सानीको धुलो प्रयोग गरिन्छ ।

mother of chili

विशेष