विचित्र विश्व

त्यस्तो गाउँ जहाँ हरेक मानिसले कमाउँछन् ८० लाख यूरो

त्यस्तो गाउँ जहाँ हरेक मानिसले कमाउँछन् ८० लाख यूरो
कात्तिक - ३ । गाउँ भन्ने बित्तिकै हामी विकासको पूर्वाधारहरु शिक्षा, स्वास्थ्य, सडक, सञ्चार खानेपानी आदिको सुविधा उपलब्ध नभएको ठाउँ भन्ने बुझ्दछौँ । त्यति मात्र नभएर आफ्नो रोजीरोटीको लागि दिनरात नभनी खेतबारीमा काम गर्ने मानिसहरुको तस्बीर हाम्रो मष्तिस्कमा आउने गर्दछ । huaxi-village तर एउटा यस्तो गाउँ छ जहाँ बसोबास गर्ने मानिसहरुका लागि भने बंगला, महँगो कार, उपयुक्त शिक्षा, हरेक किसिमका सेवा सुविधा जुन सहरमा बस्ने मानिसहरुको साथमा पनि नहुनसक्छन् । सुन्दा यो एक सपना जस्तै लाग्छ । चीनको हुआझी गाउँमा बसोबास गर्ने मानिसहरुका लागि यो सपना होइन् सत्य हो । यस गाउँ चीनको जियांगयिन सहरको नजिक रहेको छ । यस गाउँलाई चीनको सबैभन्दा धनी कृषि गाउँ पनि भनिन्छ । यस गाउँमा बस्ने सबै मानिसहरुको आम्दानी करिब ८० लाख युरो रहेको छ । यतिमात्र नभएर यहाँ बस्ने करोडपतिको संख्या अन्य गाउँको तुलनामा सबैभन्दा धेरै रहेको छ । pictured: Huaxi village pomp structure. High-flying businessmen in what's been dubbed China's richest village finally have a taxi service that lives up to their standards - where all the cabs are helicopters. The choppers shuttle passengers from Huaxi, Zhejiang province,  eastern China, to surrounding cities in less than 10 minutes, say operators, the Tongyong Airline Company. Huaxi - at the centre of a massive new technology and tourism hub - is said to have more millionaire residents than any other village in the whole country. "Our passengers need to get to their destinations quickly. If they're not using our service, they won't be on the train. "It's probably because they're using their own helicopters," said an airline spokesman. सुरुवातमा भने हुआझी गाउँको तस्बीर यस्तो थिएन् । सन् १९६१ पछि यहाँको कृषि व्यवसाय धेरै नराम्रो रहेको थियो । तर गाउँको साम्यवादी पार्टी समितिको पूर्व अध्यक्ष रहेका वू रेनवाओले यस गाउँलाई सुन्दरतामा बदलिदिएका हुन् । उनले केवल औद्योगिक विकासका लागि योजना बनाए । त्यति मात्र नभएर उनले कृषि प्रणालीमा सुधारका लागि ठोस नियम पनि बनाए । उनले मल्टी सेक्टर कम्पनी बनाए । सन् १९९० मा कम्पनीलाई शेयर बजारमा सूचीबद्ध गराए । यस कम्पनीको खास कुरा यो रहेको छ की यसको शेयरधनीहरुमा गाउँका मानिसहरुको नाम सामेल गरिएको थियो । image04 यस गाउँको स्टील, सिल्क र ट्राभल उद्योग खास रुपमा विकसित छन् र यसले सन् २०१२ मा मुख्य रुपमा ९.६ अरब डलरको फाइदा कमाएको थियो । यस गाउँका मानिसहरुले कमाएको लाभको हिस्सा कम्पनीमा शेयर होल्डरहरुलाई बाडिने गरिन्छ । आफ्नो शेयरका लागि जुन लाभ गाउँलेहरु कमाउछन् यसको एक ठूलो हिस्सा यानकी ८० प्रतिशत करमा काटिने गर्दछ । तर यसको बदलामा पंजीकृत नागरिकहरुले बंगला, कार, स्वास्थ्य सुरक्षा, शिक्षाका साथै अन्य विभिन्न सुविधा पाउने गर्दछन् । यसका साथै अन्य सुविधाहरुमा ५० वर्ष भन्दा माथिका महिलाहरु र ५५ वर्ष माथिका पुरुषहरुलाई हरेक महिना पेन्सनका साथै चामल र तरकारी पनि दिइने गरिन्छ । सरकारी सुविधा र शेयरधनीको रुपमा जो मानिसहरुलाई पंजीकृत गरिएको छ जो मानिस हुवाझी गाउँको स्थापनाको समयदेखि यही बसोबास गर्दै आएका छन् । image051 हुआझी गाउँमा प्रवेश गरेपछि यो त्यो गाउँ जस्तो लाग्दैन् जसको तस्बीर हाम्रो दिमागमा आउने गर्दछ । यहाँको ठूलाठूला भवनहरु, फराकिलो सडकहरु, होटल, सुन्दर पार्क, स्वीमिगं पूल तथा अन्य सुविधाहरु देखेपछि विश्वका हाईटेक सहरहरु पनि फिक्का लाग्ने गर्दछ । हुआझी गाउँ केवल समृद्ध मात्रै छैन् यो भ्रमण तथा हेर्नमा पनि धेरै आकर्षक रहेको छ । देश तथा विदेशका करिब हजारौ मानिसहरु दिनहु यस गाउँमा भ्रमण गर्नुका साथै यहाँको संस्कृति बुझ्न समेत आउछन् । आजभोलि हुआझी गाउँ औद्योगिक तथा पर्यटकिय हिसाबले आकर्षणको केन्द्र बनेको छ । यस गाउँले संसारका व्यापारीहरुलाई पनि आकर्षित बनाएको छ ।

huaxi village

विशेष