विचित्र विश्व

१८ महिनासम्म बिना टाउको बाँच्न सफल कुखुराको इतिहास

१८ महिनासम्म बिना टाउको बाँच्न सफल कुखुराको इतिहास
तपाईँले कुखुराको घाँटी छिनाल्दा कुखुरा कति समयसम्म बाँच्न सक्ला ? सायदै १५ मिनेट वा त्यो भन्दा केही समय धेरै । के एउटा कुखुरा बिना टाउकोको १८ महिना सम्म बाच्यो भन्दा विश्वास गर्नुहुन्छ ? पक्कै पनि यो घटना अविश्वसनीय छ । तर एउटा कुखुरा १८ महिनासम्म बिना टाउको बाँच्न सफल भएको छ । hen सत्तरी वर्षअघि (१९४५ सेप्टेम्बर १०) कोलोराडोको फ्रुइता भन्ने ठाउँमा किसान लोइड ओल्सन र उनकी श्रीमती क्लाराले कुखुराहरु काट्ने काम गर्दथे । ओल्सनले कुखुरा काट्थे र क्लारा सफा गर्थे । ४०–५० वटा कुखुरा मध्ये एक भने टाउको शरीरबाट छिनाई सक्दा पनि मर्न इन्कार गर्यो । टाउको छिनाइसकेपछि पनि त्यो कुखुरा दौडिन थाल्यो । ओल्सनले त्यसलाई एक बाकसमा रातभर थुनेर राखे । उनले बिहान हेर्दा त्यो कुखुरा जिउँदै भेटे । ओल्सनका पनातिका अनुसार ओल्सनले सो कुखुरा सहरको मासु व्यापार क्षेत्रमा लगे । त्यहाँ उनले आफूसँग टाउको बिनाको जिउँदो कुखुरा छ भनेर मानिसहरुसँग बियर वा अन्य सामानको बाजि राख्न थाले । आश्चर्यजनक टाउको बिनाको कुखुराको बारेमा फ्रुइताभरि चर्चा भयो । स्थानीय पत्रिकाले आफ्नो पत्रकारलाई ओल्सनको अन्तवार्ता लिन समेत पठाए । त्यसको दुई हप्ता पछि होप वेड नाम गरेका साइडसो प्रोमोटर साल्ट लेक सिटी, उताह्बाट करिब ३०० माइल दुरी पार गरेर आए । उनको सामान्य धारणा थियो, कुखुरालाई साइडसोमा राख्ने र त्यस बापत पैसा कमाउने । पहिले त तिनीहरु उताह्को विश्वविद्यालयमा गए जहाँ वैज्ञानिकहरुले कुखुराको टाउको काटेर पनि कसरी बाँच्न सफल भयो भन्ने अनुसन्धान गरे । अनुसन्धान अनुसार कुखुराको दिमागको नसा जिउमा जोडिएको कारण यतिको समयसम्म बाच्न सफल भयो । लाइफ म्यागेजिन ‘मिराकल माइक दी हेडलेस चिकेन’को लागि यहाँबाट अद्भुत कथा तयार पार्न थाले । त्यस पश्चात ओल्सन र क्लारा युएस्को भ्रमणमा निस्के । उनीहरु क्यालिफोर्निया र अरिजोना गए र होप वेडले माइक(विना टाउकोको कुखुरा)लाई दक्षिणी पूर्व संयुक्त राष्ट्रमा लगे । केही समयको भ्रमण पश्चात ओल्सनले त्यो कुखुरालाई फोएनिक्स, अरिजोना लग जहाँ माइक, बिना टाउकोको कुखुराको १९४७ मा मृत्यु भयो । कुखुरासँगको भ्रमणका क्रममा क्लाराले एक स्क्रायपबुकमा लेख लेखेर राखे जुन अझै पनि सुरक्षित छ । - बिबिसिकाे सहयाेगमा ।

विशेष