यौन शोषण गर्नेलाई नपुंसक बनाइने

कात्तिक ४ । इन्डोनेशियामा यौन शोषणमा संलग्न व्यक्तिलाई नपुंसक बनाइने भएको छ । इन्डोनेशिया सरकारले बालबालिकाको यौन शोषणमा संलग्न व्यक्तिलाई नपुंसक बनाउने सम्बन्धी कानुन ल्याएको हो ।
राष्ट्रपति विडोडोले यस सम्बन्धी नयाँ कानुन ल्याएको पुष्टि गर्नुभएको बिबिसीले जनाएको छ । इन्डोनेशियाको संसदले यो महिनाको सुरुमा यौन शोषणमा संलग्नलाई नपुंसक बनाउने सम्बन्धी विवादित कानुन पारित गरेको थियो ।
नयाँ कानुन अनुसार बालबालिकाको यौन शोषणमा संलग्न व्यक्तिलाई रसायनिक तरिकाबाट भविष्यमा यौन सम्पर्क गर्न नसक्ने बनाइने छ । रसायनिक बन्ध्याकरणलाई नियमित रुपले लागु गर्न सकियो भने यौन हिंसालाई पूर्ण रुपले रोक्न सकिने राष्ट्रपति विडोडोको भनाई छ ।
indonessia sex youn sosan garnelai napungsakta banayene