राजनीति

महाअभियोग प्रस्तावको पक्षमा माओवादीले काँग्रेससँग सहयोग माग्ने

महाअभियोग प्रस्तावको पक्षमा माओवादीले काँग्रेससँग सहयोग माग्ने
कात्तिक - ४ । नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसद्मा पेस भएको महाअभियोग प्रस्तावको पक्षमा सत्ता साझेदार नेपाली काँग्रेससँग सहयोग माग्ने भएको छ । Maobadi Kendra प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको केन्द्रको कार्यालयको बैठकमा महाअभियोगबारे काँग्रेससँग थप छलफल गरेर निर्णय लिने सहमति भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। भारतको गोवामा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिमेस्टेक) र ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले जनाउनुभएको सहभागिता उपलब्धिमूलक भएको माओवादी केन्द्रको बैठकले निष्कर्ष निकालेको प्रवक्ता भुसालले बताए । उनले भने – “आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले आफ्नो गोवा भ्रमणबारे जानकारी गराउनुभयो । चीन, भारत, भुटान, श्रीलङ्कालगायतका देशका राष्ट्र तथा सरकार प्रमुखहरुसँगको आफ्नो भेट र छलफलबारे बैठकलाई जानकारी गराउनुभयो ।” ती भेट तथा छलफल निकै फलदायी र सकारात्मक रहेको निष्कर्ष बैठकले निकालेको छ । नेपाल, भारत र चीनका राष्ट्र र सरकार प्रमुखबीच भएको त्रिपक्षीय आकस्मिक भेटवार्ता नेपालका लागि सुखद संयोग र महत्वपूर्ण अवसर भएको बैठकले निष्कर्ष निकालेको प्रवक्ता भुसालले जानकारी दिइन् । सो भेटवार्तामा त्रिदेशीय साझेदारीबारे नेपालले राखेको प्रस्ताव दूरगामी महत्वको भएको बैठकले ठहर गरेको छ ।

maobadi kendra with congress

विशेष