विचित्र विश्व

क्यानाडेली कलाकारले बनाइन आफ्नो गुप्तांगले ट्रम्पको चित्र

क्यानाडेली कलाकारले बनाइन आफ्नो गुप्तांगले ट्रम्पको चित्र

एजेन्सी । डोनाल्ड ट्रम्पले महिलाको ‘गुप्तांग समात्नुपर्छ’ भनी गरेको घिनलाग्दो टिप्पणीको विरोधस्वरूप एक क्यानाडेली कलाकारले गुप्तांगले ट्रम्पको चित्र बनाएकी छन् ।

उक्त महिलाले ट्रम्पको चित्र बनाउन आफ्नो गुप्तांगको प्रयोग गरेकी हुन् । ट्रम्पको पुरानो भिडियो केही समयपहिले सार्वजनिक भएको थियो जसमा उनले आपत्तिजनक टिप्पणी गरेका थिए ।

अमेरिकी राष्ट्रपतीय चुनावमा मत दिन नपाउने भएपनि ट्रम्प राष्ट्रपति हुनु भनेको विश्वकै लागि समस्या निम्तिनु हो भनी आफूले ट्रम्पको विरोध गरेको उनले बताइन् ।

हफिङटन पोस्टसँग कुरा गर्दै डेभिसनले भनिन, ‘ट्रम्प राष्ट्रपति भए भने संसारमै अव्यवस्था आउँछ तर उनले महिलाको गुप्तांगका बारेमा गरेको टिप्पणी चाहिँ अति नै थियो । उनले मेक्सिकनहरूलाई छेक्ने पर्खाल बनाउने कुरा वा मुस्लिमहरूलाई घृणा गर्ने कुराप्रति मानिसले किन तीव्र प्रतिक्रिया जनाएनन् भनी मलाई आश्चर्य लागेको छ ।’

आफ्ना यी चित्रहरूलाई डेभिसन गर्वका साथ गुप्तांग चित्र भनी चिनाउँछिन् । चित्र बनाउनका लागि उनले आफ्ना गोडाको बीचमा क्यानभास राखेकी थिइन् र गुप्तांगले बुरुस च्यापेकी थिइन् ।

ट्रम्पका यी चित्रहरू प्रभाववादी देखिन्छन् । सुन्तला रंगका थोप्लाले ट्रम्पको अनुहारको प्रतिनिधित्व गर्छन् भने रातो रंगले उनको टाईको प्रतिनिधित्व गर्छ । ‘उनको मुख भएकै ठाउँमा मैले आफ्नो पुट्ठा राखेको थिएँ,’ डेभिसनले भनिन् ।

चित्र बेचेर कमाएको पैसा डेभिसनले क्यान्सरको अनुसन्धान गर्ने संस्थालाई दान दिने सोच बनाएकी छन् ।

Donal Trum

विशेष